BREAKING NEWS

Saturday, October 29, 2016

युनिभर्स ईङ्लिस वोर्डिङ् स्कुलको वार्षिकोत्सव

लेखनाथ, १३ कार्तिक ।
लेखनाथ नगरक्षेत्रको अग्रणी शैक्षिक संस्था युनिभर्स ईङ्लिस वोर्डिङ् स्कूलले विविध कार्यक्रमका साथ आफ्नो २३ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ  ।

लेखनाथ नगरपालिका वडा नं.  १३ मा रहेको युनिभर्स वोडिङ् स्कुलको २३ औ वार्षिकोत्सवमा कलस नृत्य देखाउदै विद्यालयका छात्राहरु । तस्वीरः कविराज खनाल

कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रीय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले राष्ट्र र समाज निर्माणका लागि असल र चरित्रवान व्यक्ति हुनुपर्नेमा जोड दिदै निजि क्षेत्रले देशको शैक्षिक उन्नयनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको धारणा राखेका थिए । 

हरेक अभिभावकको सम्पत्ति भनेके आफ्ना छोरा छोरीहरुलाई असल मान्छे वनाउने हो । जसका लागि अभिभावक, शिक्षक र विद्यालय प्रशासनले गुणस्तरीय शिक्षाका लागि के गर्न सकिन्छ भन्ने वारेमा सोच्नुपर्ने आवश्यकता औल्याउदै निर्देशक अधिकारीले सामुदायीक र निजिक्षेत्रका विद्यालयहरुको शैक्षिक स्तर उकास्नका लागि सरकारको तर्फवाट पनि नयाँ शैक्षिक निति आउन लागेको धारणा राखेका थिए । 

विविध सांस्कृतिक कार्यक्रमका साथ शुरु भएको सो कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामवहादुर मोची, नेशनल प्याब्यसनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्राई,  लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षा विद् जर्ज जोन र  अभिभावकको तर्फवाट पृतिराज पण्डितले गुणस्तरीय शैक्षिक उपलब्धीगर्नका लागि यस विद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्मा ( तिमल्सेना ) को अध्यक्षतामा भएका सो कार्यक्रममा प्रिन्सीपल हरीप्रसाद धमलाले विद्यालयको प्रगती विवरण र भावी योजनाका वारेमा प्रकाश पार्दै विद्यालयको शैक्षिक विकासका लागि अभिभावकहरुवाट सहयोग र शुझावको आवश्यकता रहेको धारणा राखेका थिए । 
सोही अवसरमा विद्यालयको शैक्षिक विकासको क्षेत्रमा सहयोग पुर्याउनुहुदै  आउनु भएका शिक्षा विद् जर्ज जोन, शिक्षक राजेन्द्र वाग्ले, कर्मचारी राधा शर्मा, छात्रावास कर्मचारीमा पम्फा गोदार, खेलकुदको क्षेत्रमा पदमवहादुर थापालाई सम्मान गरीएको थियो भने गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हाँसील गर्न सफल विद्यार्थीहरुलाई समेत पुरस्कृत गरीएको थियो । विद्यालयका शिक्षक पृतिराज अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन शिक्षक प्रदीप पोर्खेलले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .