BREAKING NEWS

Friday, October 7, 2016

विकास र समृद्धका लागि राजनितीक गरौं :अधिकारी


भीमपाणि बराल
लेखनाथ,२१असोज।
संसद विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीले पाटीगत राजनितीलाई छोडेर विकास र समृद्धका लागि राजनिती गर्नका लागि सवैमा अनुरोध गरेका छन् ।  

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाको १२ औं बार्षिक साधारण सभाको सुक्रवार उद्घाटन गर्दै अधिकारीले गणतन्त्र र लोकतन्त्रको सस्थागत विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर विकास र समृद्धका लागि सहकार्य गर्दै अगाडी वढ्न आग्रह गरेका हुन् ।
साथै उनले लेखनाथ र पोखरालाई मिलाएर बृहत पोखराको अवधारणा वाट अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउदै पोखरा विना लेखनाथ र लेखनाथ विना पोखराको अधुरो हुने भएकाले प्रदेश नं ४को राजधानी बनाउने गरि अगाडी वढ्नका लागि पनि अनुरोध गरेका थिए।

कार्यक्रममा बोल्दै अधिकारीले  विकासका लागि सहलगानी अपरिहार्य भएको धारणा राख्दै विकासका लागि जनताको पनि लगानी हुनु पर्छ जसले विकासलाई सम्भव बनाउन उनको भनाई रहेको थियो।   
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बोधराज लामिछानेको  अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले जनताहरु मिलेर गरेको काम जहाँ पनि सफल भएको हुँदा विकास निर्माणको सवालमा साझा धारणा वनाएर अगाडी वढ्नु नै आजको आवश्यकता रहेको वताएका थिए ।
सोही अवसरमा लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नगरविकास कोषका सुभास पन्त,नेकपा माओवादी केन्द्र कास्कीका सदस्य लालमोहन तिवारी,नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा,नयाँ शक्ति नेपालका किरण थापा,स्थानीय समाजसेवी सुर्यमोहन भटराई,क्षेत्रिय अनुगमन कार्यालय पोखराका किरण पौडेल,सस्थाका पुर्व सचिव चतुराखर अधिकारी,राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष कोमलनाथ बराल र सम्पुर्ण महिलाहरुको तर्फबाट विमला पाहारी लगाएतले लेखनाथको पाहाडी भु भाग र भरतपोखरीलाई समेट्ने गरि थप योजना निर्माण गनु पर्नेमा जोड दिएका थिए।  
सस्थाका सचिव हरि लामिछानेले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद वरालले धन्यवाद ज्ञापन गरेका थिए भने अध्यक्ष बोधराज लामिछानेले सस्थाले अगाडी सारेको योजनाका वारेमा जानकारी गराएका थिए।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल सम्म लेखनाथका विभिन्न वडाहरुमा आठ हजार पाँच सय उपभोक्तालाई चार ठाँउमा संचालीत भुमिगत पानी र विजयपुरको ग्यूजे खोलाको स्वस्च्छ खाने पानी उपलब्ध गराउदै आएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .