BREAKING NEWS

Friday, September 9, 2016

शिवालय टोल विकास सस्थाको सरसफाई


भीमपाणि बराल

लेखनाथ, २४भदौं
शिवालय टोल विकास सस्था लेखनाथ ३ र ५ ले आफनो सस्थाको १० औं बार्षिक साधारण सभाको अवसर पारेर सरसफाई अभियान संचालन गरेको छ।

आईतवार हुने १०औं  साधारण सभाको पुर्वसन्ध्यामा सस्थाले आफनो टोलको क्षेत्राधिकार भित्र सरसफाईका बारेमा जनचेतना फैलाउने उधेश्य सुक्रवार सरसफाई अभियान संचालन गरेको सस्थाकी सचिव तारा शर्मा ढकालले जानकारी दिएकी छन्।

सस्थाका अध्यक्ष सुर्यनाथ बरालको नेतृत्वमा निस्किएको टोलीले वुढिबजारको दिपेन्द्र चोक देखि सक्नेरी हुदै कञ्चन नहर सम्म बाटोको दायाँ बायाँ रहेका फोहोर जन्य पदार्थ संकलन गरि नष्ठ गरेको हो।

सरसफाई अभियानमा निस्किएको टोलीले सड्ने र नस्डने फोहोरको बृगिकरण गरि उचित ठाउमा विसर्जन गरेको  थियो भने विजयपुर सिंचाई प्रणालीको नहरमा फोहोर जन्य पदार्थ नफाल्न अनुरोध गर्दै नहरमा फोहोर फाल्नेलाई कारवाही समेत गर्ने घोषणा गरेको छ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .