BREAKING NEWS

Friday, September 9, 2016

शिक्षा दिवसमा लेखनाथमा बक्तृत्वकला


भीमपाणि बराल
लेखनाथ,२३भदौं।
३७औं शिक्षा दिवसको अवसर पारेर विहिवार लेखनाथमा राखिएको मावि स्तरीय बक्तृतवकला प्रतियोगितामा डायमण्ड उच्च मावीकी अनुपमा लामिछाने प्रथम भएकी छन्।
लैंगिक समानता नारी शिक्षा आजको आवश्यकताको विषयमा रोट्रयाक्ट क्लव अफ लेखनाथको आयोजना र जेनेरेसन एमाजिङको सहयोगमा संचालन गरीएको प्रतियोगितामा गोगन उच्च मा.वि. का जेनिसा परियारले द्धितिय, डायमण्ड उच्च मा. वि की रक्षा भण्डारीले तृतिय र कञ्चनजंगा एकेडेमी की निकिता शर्माले सान्त्वना स्थान हासिल गरिकी थिईन्। प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो।

रोट्रयाक्ट क्लव अफ लेखनाथका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका अध्यक्ष इविन्द्र तिवारीले सहभागीहरुलाई पुरस्कार वितरण गर्दै विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटनमा यस प्रकारको प्रतियोगिताले सहयोग पुर्याउने धारणा राखेका थिए।

रोट्रयाक्ट क्लव अफ लेखनाथका सचिव चिरञ्जीवि न्यौपानेले संचालन गरेको कार्यक्रममा संयोजक अमृत थापाले स्वागत मन्तव्य राखेका थिए भने खगराज धमला, शालिकग्राम गौतम र भोजराज गौतमले निर्णयकको भुमिका निभाएका थिए।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .