BREAKING NEWS

Friday, September 2, 2016

लायन्स क्लव अफ सेभेन लेक सिटिको रत्तदान

तस्विर भीमपाणि बराल
लेखनाथ,१७भदौ।
लायन्स क्लव अफ सेभेन लेक सिटिले सुक्रवार लेखनाथमा राखेको आकस्मीत रक्तदानमा ४४युनिट रगत संकलन भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेव ढुगानाले रत्तदानको महत्वका बारेमा जानकारी गराउदै हरेक मनिसको शरिरमा तीन तीन महिनामा नयाँ रगत उत्पादन हुने भएकाले खेर जाने रगतलाई दान गरि मानविय संबेदनासिलतामा सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए।
कार्यक्रममा लायन्स क्लव ३२५बी १ नेपालका जोन चियर प्रसन शैलेन्द्र मोहन भटराई,लायन्स क्लव अफ लेखनाथका अध्यक्ष सुर्यनारायण बराल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछाने,उपाध्यक्ष विष्णु वराल,नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखाका सभापति हिरामणि सुबेदी लगाएतले रत्तदानका वारेमा सवैलाई जानकारी गराउन सकिएमा नेपालका कुनै पनि बेला रगतको अभाव नहुने धारणा राखेका थिए।
लायन्स क्लव अफ सेभेन लेक सिटिका अध्यक्ष मधुुसुधन कोईरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवप्रसाद भण्डारीले स्वागत,सचिव बद्रिनाथ भण्डारीले संचालन र कार्यक्रम संयोजक हरि वस्ताकोटीले धन्यवाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .