BREAKING NEWS

Sunday, September 11, 2016

लेखनाथका किराना पसलमा अनुगमन


लेखनाथ, २५ भाद्र
गुणस्तर तथा नापतौल विभाग कास्कीले साहयक प्रमुख जिल्ला अधिकारी सुरेस चन्द्र कोइरालाको संयोजकत्वमा आज लेखनाथका विभिन्न स्थानमा रहेका किराना पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा तालचोक स्थित अधिकारी किराना पसल , कविर किराना पसल , अघौं चोकको थापा स्टोर , करवाकेली सपिङ सेन्टर , जनप्रिय किराना पसल, शिशुवाको मल्ल सपिङ सेन्टरमा पनि अनुगमन गरिएको छ। 
ढक तथा तराजु नविकरण गर्नु पर्ने अुनगमनको कार्यमा पाइएको छ । सो अनुगमन कार्यमा गुणस्तर तथा नापतौल विभागका रघुनाथ पौडेल, जिल्ला खाद्य निरिक्षण इकाइ कार्यालयका अनिता पौडेल, घरेलु तथा साना उद्योग कार्यलयबाट शारादा लक्ष्मी श्रेष्ट , वैदाम वडा प्रहरी कार्यालयबाट मिन खड्का , उपभोक्ता मञ्च कास्कीबाट मन्धरा ढकाल, लेखनथा उद्योग वाणिज्य संघबाट कृष्णहरि भण्डारी, अखण्ड नेपाल पाटीका मोती गिरी एवम् विभिन्न मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .