BREAKING NEWS

Wednesday, September 7, 2016

लेखनाथमा पहिरोले घर पुर्दा ४ वालवालिकाको मृत्यु (अपडेट)


(अपडेट: Bhimpani Baral)

लेखनाथमा पहिरोले ४ वालवालिकाको मृत्यू

लेखनाथ, २३ भदौ

बुधबार रातीदेखी परेको अविरल वर्षापछि आएको पहिरोले लेखनाथ–४ खरानीफाँट पैतेमा ४ जनाको ज्यान गएको छ । पहिरोले ज्यान जानेमा २ वालक र २ जना वालिका रहेका छन् ।

राती करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षिय छोरा निशान सुनार, ९ वर्षिया छोरी रविना सुनार, ७ वर्षिया छोरी अञ्जिला सुनार र साढे २ वर्षिय नाती सलमान सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यू हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । हेटौंडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला उनलाई बज्रपात परेको हो ।

पहिरोले लक्ष्मी सुनारकी २५ वर्षिया छोरी कविता सुनार र १० वर्षिया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो ।

चन्द्रकलाका श्रीमान किर्तबहादुर सुनार भने मंगलबार घरबाट निस्केर बुधबार दिउँसो साउदीअरब उडेको आफन्तले बताएका छन् ।







---------------------------------------------------------------
पोखरा २३ भदौ ।
लेखनाथमा पहिरोले घर पुर्दा चार वालवालिकाको ज्यान गएको छ । अविरल बर्षाको कारण गएराती साढे ११ बजे लेखनाथ ४ खरानी फाटमा घर माथिको ढिस्को खसेर पुरिदा चद्रकली विकको तीन कोठे कच्ची घर पुरिदा उनकी ९ बर्षीय छोरी रजिना सुनार, ७ बर्षीय अञ्जली विक ,
१४ बर्षीय छोरा निसान सुनार , ३ बर्षीय नाती सलमान तामाङको ज्यान गएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।  उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ भने पहिरोमा पुरिएका १० बर्षीय सजिना सुनार र २५ बर्षीय कविता सुनारको रातीनै  उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
त्यस्तै कालिका गाविस ६ को पुनपधेलीमा पहिरो जादा गम्भिर घाईते भएका ४८ बर्षीय भिमा तिमल्सिना र ५३ बर्षीय मोदराज तिमल्सिनाको पनि  गण्डकीमा उपचार भैरहेको छ ।
------------------------------------------

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .