BREAKING NEWS

Sunday, September 4, 2016

भण्ढारढिक रंगशालामा आयोजित फुटबलमा आयोजक आदर्श युवा क्लब विजयी


लेखनाथ, १९ भदौ
गत १५ गते देखि आदर्श क्लब भण्ढारढिकको आयोजित लेखनाथ क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेल सम्पन्न भएको छ ।
फाइनलमा पुगेका राइजिङ स्टार युथ क्लब लेखनाथ २, रिठेपानी र आयोजक आदर्श युवा क्लबकाविच  भएको खेलमा आयोजक आदर्श क्लब ३–१ गोलले विजयी भएको छ ।
बिजयी टिमले १५,००० शिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टिमले रु. १०,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विगतमा आयोजना गर्नेगरेको तिज कप भन्दा  यसपाली प्याराफिट बनेपछि उल्लेखनीय सहभागीता रहेको र लेखनाथको खेलकुद विकासका लागि आदर्श युवा क्लब सदैव तत्पर रहने भन्दै क्लबका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले २४ औ आदर्श कपका लागि उत्कृष्ट खेलाडीहरु छनौट गरिने कुरा बताए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .