BREAKING NEWS

Wednesday, September 7, 2016

कर्मचारी दिबसमा लेखनाथमा सरसफाई


भीमपाणि बराल
लेखनाथ,२२भदौं
सेवामैत्री प्रशासन,संघियतामा सुशासन भन्ने नाराका साथ मनाउन लागिएको निजामति सेवा दिवसको अवसर पारेर विहिवार लेखनाथको बेगनासताल वरपर सरसफाई कार्यक्रम संम्पन्न भएको छ।
लेखनाथ नगरपालिकाको आयोजना र बेगनास युवा क्लबको सहकार्य तथा स्थानीय आमा समुह तथा,टोल विकास सस्था र ब्यवसायिहरुको सहभागितामा बेगनासताल देखि बसपार्क हुदै नहरचोकसम्म सरसफाई गरिएको हो।

सरसफाई टोलीले बाटोको दायाँ वायाँ रहेका फोहोरहरु संकलन गरि नष्ट गरिएको थियो।कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी,कानुनी सल्लाकार राममणि अधिकारी,ईन्जिनियर रविचन्द्र घिमीरे र क्लवका अध्यक्ष मदनवाबु कोईरालाले सरसफाई अभियान एक दिनमात्र संचालन नगरी जनमानसमा सरसफाईको जनचेतना फैलाउनु पर्नेमा जोड दिएका थिए।
सरसफाई अभियानमा लेखनाथ नगरपालिकाका कर्मचारी,राजनितीक दलका प्रतिनिधी,स्थानीय  सामाजीक संघ सस्थाका प्रतिनीधि लगाएत स्थानीयबासीहरुको उल्लेखिए सहभागिता रहेको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .