BREAKING NEWS

Friday, September 16, 2016

लेखनाथ जेसिजको जेसिज सप्ताहन्त सुरु

भीमपाणि बराल
लेखनाथ,३१ भदौं।
लेखनाथ जेसिजको बार्षिक कार्यक्रम अन्तरगत सुक्रवार देखि जेसिज सप्ताहन्त कार्यक्रम सुरु भएको छ।

जेसिज सप्ताहन्तको पहिलो दिन लेखनाथ नगरपालिका वडा नं ६ सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रममा रहेका बृद्धबृदाहरुका लागि खाद्यान्य तथा फलफुल वितरण गरिएको छ।

सहयोग सामाग्री वितरण गर्दै पोखरा १८ छिनेडाडा निवासी विमल बहादुर कार्कीले जेसिजले सामाजीक उत्तरदाईत्व अन्तरगत गरेको कामको उच्च प्रशंसा गर्दै बृद्ध बृदालाई गरेको सहयोग नै वास्थविक रुपको धर्म भएको बिचार राखेका थिए।

लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,पोखरा जेसिजका अध्यक्ष गोविन्द प्रसाद देवकोटा, आश्रम संचालक समितिका अध्यक्ष तिलकशाली अधिकारी,पुर्ब अध्यक्ष नविन प्रसाद बास्तोला लगाएतले जेसिज पाठशाला भएकाले सिक्ने र सिकाउनेका लागि महत्वपुर्ण भुमिका निभाउनेमा जोड दिएका थिए।

जेसिज सप्ताहन्तका मुल संयोजक रोशन अधिकारीले चारै दिनका कार्यक्रमका वारेमा जानकारी गराएको सो कार्यक्रममा महासचिव सन्दिप ढुगानाले संचालन,पहिलो दिनका कार्यक्रमम संयोजक सुर्यप्रसाद बस्तोलाले स्वागत र निवर्तमान अध्यक्ष विनोद प्रसाद लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए।

चार दिन सम्म चल्ने जेसिज सप्ताहन्त कार्यक्रम अन्तरगत दोस्रो दिन स्थानिय निकाय पुर्नसंरचना तथा त्यसको प्रभाव बिषयमा अन्तरक्रिया,तेस्रो दिन खुल्ला रत्तदान र असोज २ गते समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको मिडिया कोडिनेटर टंकप्रसाद लामिछानेले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .