BREAKING NEWS

Saturday, September 17, 2016

लेखनाथ जेसिजको जेसिज सप्ताहन्त जारी



लेखनाथ, १ आश्विन
सुमन जी. सी

लेखनाथ जेसिजको बार्षिक कार्यक्रम अन्तरगत शुक्रवारदेखि सुरु भएको जेसिज सप्ताहन्त कार्यक्रम जारी रहेको छ। जेसिज सप्ताहन्तको दोस्रो दिन स्थानीय निकाय पुर्नसंरचना तथा त्यसको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 

संविधान जारी भएपछि देश संघीय संरचनामा प्रवेश गरेपछि त्यसको संरचना र प्रभाव कस्तो रहने भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा  प्रमुख अतिथि स्थानीय विकास अधिकारी दामोदर भण्डारीले स्थानीय निकायको पुर्नसंरचना गर्दा सबै नागरिकको भावना समेटिनुपर्ने कुरा बताएका थिए । 


विशिष्ट अतिथि लेखनाथ नगरपालिकाका कार्यकारणी प्रमुख लोक बहादुर भण्डारीले स्थानीय निकायको पुर्नसंरचना पछि देश विकासमा टेवा पु¥याउने बताएका थिए । कार्यक्रममा  नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्र मणि लामिछाने , नेकपा एमालेका नगर संयोजक शंकर पौडेल, नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने, संघीय समाजवादी फोरमका संयोजक मेघ बहादुर गुरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भिम बहादुर हमाल, अखण्ड पार्टीका नगर अध्यक्ष मोति गिरी , लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल लगायतले बोलेका थिए ।



चार दिन सम्म चल्ने जेसिज सप्ताहन्त कार्यक्रम अन्तरगत दोस्रो दिन स्थानिय निकाय पुर्नसंरचना तथा त्यसको प्रभाव बिषयमा अन्तरक्रिया,तेस्रो दिन खुल्ला रक्तदान र असोज २ गते समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तए गरिएको मिडिया कोडिनेटर टंकप्रसाद लामिछानेले जानकारी दिएका छन् ।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .