BREAKING NEWS

Friday, September 2, 2016

अविरल वर्षाले लेखनाथका विभिन्न ठाउमा क्षति



लेखनाथ १८ भदौ । 
विहिबार राति र शुक्रबार साँझदेखि मेघ गर्जन सहित रातभर लगातार परेको पानीका कारण लेखनाथका विभिन्न ठाउमा घर भत्कने र ग्रामिण सडक अवरुद्ध भएका समाचारहरु प्राप्त भएका छन्।
वर्षा कै कारण लेखनाथ १८ भरतपोखरीमा  रहेको सामूदयिक भवन जोखिममा परेको छ ।
वर्षादका कारण बहुउद्देश्यीय सामूदायिक भवन परिसरमा पहिरो गए पछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए ।
मेघ गर्जन सहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ १२ गगनगौडा जोड्ने बाटोमा ठाउँ ठाउँमा पहिरो गएको छ ।

Bharat Pokhari
वर्षासँगै छोरेपाटनदेखि निर्मपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिरोले क्षति पु¥याए पछि यातायात सञ्चालनमा कठिनाइ भएको हो। अविरलवर्षाले लेखनाथ नगरपालिकाको तालचोक, शिसुवा र माथिल्लो गगनगौडा चोक लगायतका विभिन्न स्थान जलमग्न भएका थिए ।
Shishuwa
बर्षाका कारण लेखनाथ नगपालिका वडा नं ५ चापको चौरमा वसोवास गर्दै आएका गणेश परियारको घर भत्किएको, लेखनाथको पहाडी भेक अर्चले, बेगनास, लामास्वारा, वडहरे लगाएतका क्षेत्रमा पनि केही पुराना घरहरु भत्कीएको समाचार प्राप्त भए पनि मानविय क्षेती नभएको डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज मित्रवहादुर आचार्यले जानकारी दिएका छन्।


वर्षका कारण राखि कालिका ग्रामीण सडक,वेगनास करापुटार सडक,रुपकोट थुम्की र देउराली ग्रामिण सडकको बिभिन्न ठाउमा पहिरो जादाँ बाटो अवरुद्ध भएका समाचारहरु प्राप्त भएका छन्। वाटो अवरुद्ध हुदाँ तिजको बेलामा माईत जाने चेलीभेटीहरु समस्यामा परेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .