BREAKING NEWS

Monday, September 26, 2016

उद्यमशिलता विकास तालिम समापनका अवसरमा कार्यकारी अधिकृत भण्डारीलाई विदाइ




लेखनाथ, १० असोज, २०७३
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा लेखनाथमा संचालित व्यवसायीक सहयोग इकाई  अन्तर्र्गत दुई दिने उद्यमशिलता विकास तालिम सोमबार समापन गरियो ।
साथै उक्त कार्यक्रमको अवसरमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीलाई विधाई गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षता आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष त्रिपाठीले सम्पू्र्ण उद्यमीहरुलाई सफल उद्यमी बनि आर्थिक संबृद्धिमा टेवा पुर्याउनका लागि आग्रह गर्दै कार्यकारी अधिकृत भण्डारीलाई जहां भए पनि निडर र निश्पक्ष भई सेवा गर्नका लागि आग्रह गर्नुभएको थियो ।
विदाई भई जान लाग्नुभएका कार्यकारी अधिकृत भण्डारीले तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदैं लेखनाथ नगरपालिकामा अत्यावश्यक रहेको ल्याडफिल्ड साईड बनाउन धेरै पहल गरेता पनि सफल हुन नसकेकाले यसको निरन्तरताका लागि पहल गर्न निजि क्षेत्रलाई आग्रह गर्नुभएको थियो । आफु सेवाको क्रममा जहाँ भएपनि लेखनाथको आर्थिक तथा समाजिक विकासका लागि लागि पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य सुमन भट्टराई, तालिम संयोजक ऋषिराम जमरकट्टेल, तालिम प्रशिक्षक तथा घरेलु तथा साना उद्योग कार्यालयका तालिम संयोजक यदुराम अधिकारी लगायतले तालिमबाट आफुलाई निखारता ल्याउनाको साथै आफ्नो व्यवसाय बृद्धिमा टेवा पुग्ने बताउनुभएको थियो ।


सहभागिहरुको तर्फबाट माहामाया गौतम र पचभैया होम स्टेका अध्यक्ष अर्जुन लम्सालले तालिम फलदायी भएको  र समय अलि लामो हुनुपर्ने सुझाव राख्नुभएको थियो ।

संघका द्धितीय उपाध्यक्ष बलराम ढकालले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रम संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .