BREAKING NEWS

Wednesday, September 14, 2016

रुपाकोटमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण


लेखनाथ, २९ भाद्र

राष्ट्रिय वाल दिवसको अवसरमा लायन्स क्लब अफ लेखनाथ वाटिकाले कास्की, रुपाकोट-६, भंगारामा रहेको 
श्री कमल आधारभुत विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुद तथा सरसफाईका सामाग्री वितरण गरेको छ ।

लायन्स क्लब अफ लेखनाथ वाटिकाका अध्यक्ष लायन हरि प्रसाद धमला अध्यक्ष र विद्यालयका वि.व्य.स. अध्यक्ष श्री खेम वहादुर गरुङ्ग प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा क्लबका सदस्य प्रमुख लायन रामप्रसाद तिवारी, सोही विद्यालयका प्र.अ. श्री विष्णु प्रसाद तिवारी , पुर्व अध्यक्ष श्री निल वहादुर गुरुङ्ग र क्लबका सह कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लायन मोहन सापकोटाले आ-आफ्नो भनाइ राखेका थिए।

क्लबका सदस्य, विद्यालयका शिक्षक तथा अभिभावकहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा  स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष लायन पितृराज पण्डितले तथा संचालन क्लबका सचिव लायन इन्द्रविलास पौडेलले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .