BREAKING NEWS

Wednesday, September 14, 2016

वाल दिवसमा रोट्याक्टको चित्रकला


लेखनाथ, २९ भाद्र

रोट्र्याक्ट क्लव लेखनाथको आयोजनामा वाल दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम ज्ञानज्योति विद्याकुञ्जकी पविना छन्त्याल, द्धितिय सरस्वती टिका उच्च माविका मन्दिल भण्डारी, तृतिय गोगन उच्च माविकी स्वस्तीका वास्तोला, सान्त्वना त्रिभुवन शान्ति उच्च माविकी रक्षा नेपाली भएकी छन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् नगेन सिंहले कलाको माध्यमवाट आममानिसलाई जागृत गराउनु पर्नेमा जोड दिए । यस्ता खालको कार्यक्रममा युवा र वालवालिका समेत अग्रसर हुँदै गएकोमा खुशि व्यक्त गरे । कार्यक्रमका विशिष्ठ अतिथी रोटरी क्लव लेखनाथका प्रेसिडेन्ट इलेक्ट वद्रीनाथ पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

रोट्र्याक्ट क्लव लेखनाथका अध्यक्ष नवराज पौडेलले वालवालिकाका हक हितका निमित्त स्थानिय क्लवहरु तथा समाजिक सस्थाहरुले समेत पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य संयोजक सन्दिप पौडेलले, धन्यवाद ज्ञापन उपाध्यक्ष शिवराज अधिकारी र सञ्चालन सचिव चिरञ्जीवी न्यौपानेले गरेका थिए । प्रतियोगितामा ११ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .