BREAKING NEWS

Monday, September 26, 2016

सामुदायिक सेवा केन्द्र लेखनाथको घरदैलो अभियान


लेखनाथ, १० असोज

सामुदायिक सेवा केन्द्र लेखनाथले चाडपर्वलाई मध्यनजर राख्दै लेखनाथका विभिन्न वडामा घरदैलो अभियान संचालन गरेको छ। अभियानका क्रममा लेखनाथ नगरपालिका वडा नं ७ को बडहरे गन्धर्व टोलमा सेवा केन्द्रका पदाधिकारीहरुको टोलीले चोरी,डकैती,जुवातास र मदिरा जन्य विकृति कम गर्ने उदेस्यले स्थानियलाई सल्लाह सुझाव दिदै सचेतना फैलाउने कार्य गरेको छ। 

सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईको नेतृत्वको टोलीले झैझगडा मिलाउने क्रममा लेखनाथ २ सक्नेरीबाट सय ग्राम गाँजा, हुक्का, ट्याव मोवाईल सहित एक मोटरसाईकल र स्कुटर बरामत गरि डाँडाकोनाक प्रहरी चौकीमा वुझाएको सेवा केन्द्रका ईन्चार्ज प्रहरी हवल्दार चित्रवहादुर अधिकारीले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .