BREAKING NEWS

Monday, September 12, 2016

लायन्स क्लब लेखनाथको रक्तदान




भीमपाणि बराल, लेखनाथ,२७ भदौं।
लायन्स क्लव अफ लेखनाथले सोमवार राखेको खुल्ला रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ।
कार्यक्रमका पहिलो रक्तदाता लायन्स क्लव सिमसारका अध्यक्ष बशुधा भटराईलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लव ३२५ वी १ नेपालका डिष्ट्रक गभर्नल बालकृष्ण बुर्लाकोटीले लायन्स क्लवले समाजीक क्षेत्रको विकासका लागि काम गर्दै आएको धारणा राख्दै स्वच्छ मानिसले हरेक तीन तीन महिनामा रक्तदान गर्दा राम्रो हुनेमा जोड दिएका थिए।

लायन्स क्लव अफ लेखनाथका अध्यक्ष सुर्यनारायण बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बमदेब ढुगाना, रक्तसंचार केन्द्र पोखराका प्रमुख धु्रव लामिछाने लगाएतले रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए।
क्लबका सचिव ज्ञानेन्द्र मोहन भटराईले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .