BREAKING NEWS

Saturday, September 10, 2016

लायन्स क्लब अफ लेखनाथ बाटिकाको रक्तदान कार्यक्रम



लेखनाथ , २५ भाद्र ।
लेखनाथ नगरपालिका वडा नं. १३, राजाको चौतारामा रहेको लायन्स क्लव अफ वाटिकाको रक्तदानमा ३९ युनीट रगत संकलन भएको छ । कार्यक्रममा लायन्स क्लव अफ ३२५ वि १ नेपालका ब्लड डोनेसन कमिटिका चियर प्रसन किशोर वरालले पहिलो रक्तदाता क्लवका अध्यक्ष हरिप्रसाद धमलालाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदानको महत्व र उपयोगिताका वारेमा जानकारी गराएका थिए ।

रक्क्तदान नै जिवन दान हो  भन्ने मूलनाराका साथ संचालन गरीएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका प्रविधिक महेन्द्र कार्की, लायन्स क्लवका जोन चियर प्रसन प्रसान्तराज धमला, लायन्स क्लवका मिडिया कमिटि मेम्वर टंकराज अधिकारी, क्लवका सचिव इन्द्रविलास पौडेल, क्वलका सदस्य पृतीराज पण्डित लगायतले आ–आफ्नो धारणा राखेका थिए ।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .