BREAKING NEWS

Saturday, September 3, 2016

आदर्श क्लब लेखनाथद्धारा आयोजित फुटबल अन्तर्गत सेमिफाइनल खेलहरु सम्पन्न


 लेखनाथ, १८ भाद्र
आदर्श क्लब भण्ढारढिकको आयोजनामा गत १५ गते देखि भैरहेको लेखनाथ क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् । शनिवार सम्पन्न भएको पहिलो खेलमा राइजिङ स्टार युथ क्लब लेखनाथ २ रिठेपानीले रोट्रयाक्ट क्लब अफ लेखनाथ लाई ४–१ गोल अन्तरले हराएको थियो ।


यसै गरी बेगनास युवा क्लब र आदर्श युवा क्लब विच भएको दोस्रो खेलमा आयोजक आदर्श युवा क्लबले वेगनास युवा क्लबलाई ४–१ गोल अन्तरले हराउन सफल भएको छ ।


हरितालिका तिजका दिन आइतबार राइजिङ स्टार युथ क्लब  रिठेपानी र आयोजक आदर्श युवा क्लबकाविच फाइनल खेल हुने क्लबका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .