BREAKING NEWS

Wednesday, September 14, 2016

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ढकाल


भाद्र २९ ,लेखनाथ
लेखनाथ नगरपालिकाको पर्यटकिय स्थल सुन्दरीडाँडामा रहेको अरुण ज्योति आधारभुत विद्यालयमा सर्बसम्मत नयाँ व्यवस्थापन समिति गठन भएको छ ।

जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरिक्षक भोजराज न्यौपाने ,भण्डारढिक स्रोत केन्द्रका श्रोत व्यक्ती विष्णु प्रसाद तिवारी र प्रधानाध्यापक राजेन्द्र पौडेलको समन्वयमा  बुधबार सम्पन्न अभिभाबक भेलाले ४ जना अभिभाबक चयन गरि थप २ जना मनोनित गरिएको थियो । उक्त भेलाले अध्यक्षमा विरेन्द्र ढकाललाई चयन गरेको छ भने सदस्यमा क्रमश पित्रीराज बास्तोला ,गौमाया खत्री , इन्दादेवी न्यौपाने , राधादेवी भुजेल , मणीराम तिवारी शिक्षक प्रतिनिधि कल्पना न्यौपाने तथा सदस्य सचिबमा प्र.अ.राजेन्द्र पौडेललाई चयन गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .