BREAKING NEWS

Sunday, September 11, 2016

असोज १ गते पोखरामा आदर्श कला केन्द्र विशेष संगीतिक साझ



पोखरा, २६ भदौ । आगामी असोज १ गते पोखरामा आदर्श कला केन्द्र विशेष सांगीतिक साझ हुने भएको छ । आदर्श कला केन्द्रको २१ औं बार्षिकोत्सबको अबसरमा विशेष सांगीतिक साझ आयोजना गर्न लागिएको केन्द्र सञ्चालक एबं कार्यक्रम संयोजक जय कुमार परियारले जानकारी दिए ।

पोखरा सभागृहमा हुने कार्यक्रममा लोक तथा आधुनिक गीतका ख्यातिप्राप्त कलाकारको प्रस्तुती सहित नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । सांगीतिक साझमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार सहित सुगम संगीतका चर्चित गायक मनोजराज र जय कुमार परियारको प्रस्तुती रहने आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

सांगीतिक साझमा कला केन्द्रकै बिद्यार्थी मृतक मन्जु महतलाई मरणोपरान्त सम्मान गरिने र कला केन्द्रका विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिने परियारले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न झण्डै पाँच लाख खर्च अनुमान गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .