BREAKING NEWS

Thursday, September 15, 2016

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट एम बी आस्था सम्मानित



पोखरा ३० भदौ । एविसी टेलिभिजनका पोखरा ब्यूरो प्रमुख एम बी आस्था सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । विहिवार सहारा क्लबको १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा उहालाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले उनलाई नगद १५ हजार ५५५ रुपैया, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नुभयो । अग्रज पत्रकार एबं क्लबका सल्लाहकार नारायण कार्की संयोजकत्वको प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उहालाई सम्मान गरिएको हो ।

आस्था स्थापना कालदेखि एविसी टेलिभिजनमा आबद्ध हुनुहुन्छ भने पोखराको पत्रकारितामा विगत डेढ दशकदेखि क्रियाशिल हुनुहुन्छ । सहारा क्लब पोखराले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १० जना पुरस्कृत भैसकेका छन् ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने , धन बस्नेत, विनोद लामिछाने, प्रेम नारायण न्यौपाने, राम गुरुङ्ग, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल सम्मानित भैसकेका छन् ।

कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमाम उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .