BREAKING NEWS

Thursday, September 15, 2016

फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो


एजेन्सी ३० भदौ । नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार जारी गरिएको फिफा वरीयतामा दुई स्थान उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको छ ।

सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले यसपाली ७४ अंक जोडेको छ । बंगबन्धु गोल्डकप च्याम्पियन नेपाल अफगानिस्तानसहित दक्षिण एसियाली आठ देशमध्ये पाँचौं स्थानमा छ । यस क्षेत्रामा अफगानिस्तानलाई उछिन्दै साफ च्याम्पियन भारत शीर्षस्थानमा उक्लियो ।

चार स्थान फड्को मारेको भारत १ सय ४८ औं स्थानमा छ भने ठीक एक स्थानमुनि अफगानिस्तान । अफगानिस्तान पनि एक स्थान उक्लिएको हो । यी दुई टिमले केरलामा गत बर्ष भएको साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए ।

माल्दिभ्स नौ स्थानमाथि १ सय ६५ औंमा पुगेको छ । दुई स्थान झरेको बंगलादेश १ सय ८५ औंमा छ । नेपालभन्दा पछाडि भुटान ९१८९०, श्रीलंका ९१९३० र पाकिस्तान ९१९४० छन् । नोभेम्बर, २०१६ मा मलेसियामा हुने सोलिडारिटी कपमा नेपाल, श्रीलंका, पाकिस्तानसहित आठ वा नौ देशले प्रतिस्पर्धा गर्दैछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .