BREAKING NEWS

Monday, September 19, 2016

संबिधान दिवसमा लेखनाथमा सरसफाई तथा बृक्षारोपण


भीमपाणि बराल
लेखनाथ,३ असोज।
संबिधान दिवशको अवसर पारेर कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौ अर्चललेमा सरसफाई तथा बृक्षारोपण कार्य सम्पन्न भएको छ।
ठुली पोखरी टोल विकास सस्था लेखनाथ ६ र जन एकता युवा क्लवको संयुक्त आयोजनामा एतिहासीक ठुली पोखरी सरसफाई र कबि शिरोमणिको संझनामा निर्माण गरिएको तरुण तपशि पार्कमा बृक्षारोपण गरिएको हो।
सरसफाई र बृक्षारोपण पछिको कार्यक्रममा बोल्दै लेखनाथ जन्मस्थल बिकास समितिका अध्यक्ष बिश्वप्रकाश लामिछानेले जनचाहाना अनुसार निर्माण भएको संविधान कार्यान्यनमा ढिलाई भएमा जनताहरु बाटै दबाद दिनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा ठुली पोखरी टोल विकास सस्थाका अध्यक्ष दिननाथ पौडेल,सचिव गोबिन्द वाग्ले र जन एकता युवा क्लवका अध्यक्ष श्रीकृष्ण तिमिल्सेना लगाएतले संविधानबाट प्राप्त अधिकारीलाई स्थापीत गर्नु पर्ने बिचार राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .