BREAKING NEWS

Thursday, September 22, 2016

हरेक विद्यार्थीमा केही न केहीको कुशलता हुन्छ ःराजदुत राय

Photo: Sujit Pariyar

भीमपाणि बराल

लेखनाथ, ६ असोज।
नेपालका लागि भारतीय राजदुत रणजित रायले हरेक विद्यार्थीमा केही न केहीको कुशलता लुकेर रहेको धारणा राखेका छन् । लेखनाथ नगरपालिका वडा नं १७ भरतपोखरीमा रहेको सरस्वती टीका माविमा  भारतीय सरकारको सहयोगमा निर्माण गर्न लागिएको बिद्यालय भवनको विहिवार शिलन्यास गर्दै राजदुत रायले विद्यार्थीमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन शौक्षीक वातावरण र अवसर चाहिने भएकाले भारतीय सरकारले नेपालमा शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको भनाई राखेका हुन्।

विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि शौंक्षीक वातावरणको साथमा अन्य अतिरिक्त क्रियाकला पनि आवस्यक पर्छ त्यसका लागि विद्यालयको भौतीक अवस्थाले पनि सहयोग पु¥याउने भएकाले नेपालका विद्यार्थीहरुको शौंक्षिक बिकासमा गुणत्मक सहयोग पु¥याउने उदेस्यले भारतीय सरकारको एतिहासीय सम्वन्धलाई प्रगाण बनाउन सहयोग गरेको विचार राखेका थिए।


नेपाल र भारतको सम्वन्ध भगवान राम र सीताको पाला देखि नै रहदै आएको कुरा उल्लेख गर्दै यो सम्वन्धलाई सरकार सरकार विच मात्र नभई जनताका विचमा पनि पु¥याउनु पर्नेमा जोड दिदै रायले गरिवी उन्मुलनका लागि शौक्षक वातावरण अपरिहार्य रहेको छ उनको भनाई रहेको थियो।

जिल्ला बिकास समिति कास्कीको सक्रियता र भारतीय राजदुतको तीन करोड ७०लाख ८७ हजार सात सय ५९रुपियाँको लागतमा निर्माण हुन लागेको दुई तल पक्कि भुकम्प प्रतिरोधात्मक भवनमा पाँच वटा कक्षा कोठा,सभाहल,विज्ञान प्रयोगशाला लगाएतका कक्षहरु रहने भएका छन्।


स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा,लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,जिल्ला विकास समिति कास्कीका ईन्जिनियर नारायण कुमार श्रेष्ठ लगाएतले भारतीय सरकारले शिक्षाको क्षेत्रमा गरेको लगानीको उच्च सराहना गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोग रहिरहने बिस्वास ब्यक्त गरेका थिए।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले विद्यालयको भौतीक अवस्था र शौक्षीक प्रगतिका बारेमा जानकारी गराएको सो कार्यक्रमको संचालन शिक्षक तिवारीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .