BREAKING NEWS

Monday, September 12, 2016

क्षत्रशक्ति सहकारीको साधारण सभामा जेष्ठ नागरिक र विद्यार्थी सम्मानीत


भीमपाणि बराल
लेखनाथ,२७ भदौं।
क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाको छौटौं बाषिक साधारण सभाको अवसर पारेर सहकारीका जेष्ठ सदस्य र गत शौक्षिक सत्रको प्रबेशिका पारिक्षमा उत्कृष्ठ स्थान हासिल गर्न सफल सेयर सदस्यका छोरा छोरीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ।
सहकारीका सात शिध्यान्तलाई आत्मसाथ गर्दै सामाजीक उत्तरदाईत्व अन्तरत जेष्ठ सेयर सदस्य र सेयर सदस्यका छोरा छोरीहरुलाई पढाईको क्षेत्रमा अझ बढि प्रगति र हौसला प्रदान गर्ने हेतुले विद्यार्थीहरुलाई नगद र सम्मान पत्रद्धारा पुरस्कृत गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्राचार्य बद्धिनाथ अधिकारीले सहकारीले गरेको नाफाँ सेयर सदस्यहरुको मात्र नभई सामाजीक क्षेत्रको पनि नाफाँ भएकाले सहकारीले सामाजीक क्षेत्रको विकासमा अग्रसर हुदै अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए।

क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकाल,लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल,राष्ट्रिय सहकारी वैकका प्रमुख केदारनाथ उप्रेती,चक्रदेबी बहुउदेश्य सहकारी सस्थाका अध्यक्ष शिवराज अधिकारी,सेयर सदस्यहरुको तर्फबाट दुर्गादक्त अधिकारी र तिर्थ कुमारी बरुवाल लगाएतले सहकारीले आय आर्जनको क्षेत्रमा लगानी वढाउदै उत्पादन सिल क्षेत्रलाई प्रथामिकता दिनु पर्ने सुझाव राखेका थिए।
सहकारीका सचिव प्रेमबहादुर थापाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहन बहादुर थापाले गरेका थिए। सहकारीले अन्य सहकारीहरुसँग सहकारी गरेर लेखनाथ नगर क्षेत्रको पहिचान झल्लाकाउने खालको उद्योग संचालन तर्फ अग्रसर हुने लक्ष्य राखेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .