BREAKING NEWS

Friday, September 16, 2016

रिठेपानी सहकारीमा पुन यमप्रसाद चयन

भीमपाणि बराल

लेखनाथ,३१ भदौं।

लेखनाथ नगरपालिका वडा नं २ मा रहेको रिठेपानी बचत तथा ऋण सहकारी सस्थाको चौथो बार्षिक साधारण सभा तथा दास्रो अधिवेशनले आगामी कार्यकालका लाागि पुन यम प्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।

सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा देवि खड्का प्रधान,सचिवमा प्रकाश पन्त र कोषाध्यक्षमा पञ्च गुरुङ रहेका छन् भने समितिको सदस्यमा कृष्णप्रसाद गुरुङ,अमन घले,मन कुमारी तामाङ,विष्णुप्रसाद गुरुङ,क्याप्टेन कुश प्रसाद गुरुङ,विष्णु प्रसाद पौडेल र हेमा पुन रहेकी छन्।

यसै गरि सोही भेलाले लेखा समितिको संयोजकमा रामबहादुर गुरुङ र सदस्यहरुमा मनप्रसाद गुरुङ र सोवनलाल जोसी रहेका छन् भने समितिको ऋण समितिको संयोजकमा कृष्णप्रसाद गुरुङ र सदस्यहरुमा ईन्द्रवहादुर गुरुङ र लक्ष्मी गुरुङ रहेकी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सहकारीहरुले आफनो आय आर्जनलाई बृद्र्धी गर्नका लागि उत्पादनसिल क्षेत्रमा लगानी गर्दै सेयर सदस्यहरुलाई ब्यवसायीक बनाउनु पर्नेमा जोड दिएका थिए।

रिठेपानी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ बचत तथा ऋण सहकारी सस्थाका सदस्य हरिवहादुर जिसी,सस्थाका सल्लाकार क्याप्टेन धनबहादुर गुरुङ र सुबेदार जगबहादुर गुरुङ लगाएतले आ–आफनो धारणा राखेका थिए।

सस्थाका सचिव प्रकाश पन्तले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष देवि खड्का प्रधानले स्वागत मन्तव्य राखेका थिए भने सोही अवसरमा सस्थाका सल्लाकारहरुलाई सम्मान समेत गरिएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .