BREAKING NEWS

Saturday, September 17, 2016

दाह्री ग्याङको तीन दिने ट्राफिक सचेतना


पोखरा, ३१ भदौ

दाह्रीको शौख भएकाहरुको फेसबुक समूह दाह्री ग्याङका पोखरा मेम्बरले पोखरामा सञ्चालन गरेको तीन दिने ट्राफिक सचेतना अभियान शुक्रबार सम्पन्न भएको छ ।

सवारी चालक तथा बटुवालाई ट्राफिक ज्ञान सम्बन्धी सचेतना फैलाउने उद्देश्यले बुधबारदेखि अभियान सुरु भएको थियो । ट्राफिक सचेतनाका लागि ट्राफिक प्रहरीसँगै समूहले विहान ९ बजेदेखि साढे बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म स्वयमसेवक परिचालन गरेको थियो । पोखराका मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सभागृहचोक र सृजनाचोकमा स्वयंसेवक परिचालन गरेको संयोजक शेखर गौतमले जानकारी दिए ।

पोखराका मुख्य चोकमा रहेका जेब्राक्रसिङबाट बाटो काट्न सचेतना फैलाउन स्वयमसेवीको भुमिका निर्वाह गरेका थिए । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सचेतना जगाउने हेतुले कार्यक्रम गरेको सहसंयोजक बसन्त पहारीले जनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यलाय, कास्कीसँगको सहकार्यमा भएको कार्यक्रमका क्रममा ४००० पर्चा बितरण गरिएको थियो । अब शनिबारदेखि सार्वजनिक सवारी साधनमा विभिन्न ट्राफिक सचेतना सम्बन्धि १००० स्टिकर पनि टाँसिने सो समूहले बताएको छ । दाह्री ग्याङले वृहत रक्तदान कार्यक्रम र मृगौला पीडितलाई सहयोग गरिसकेको छ । बृद्धबृद्धा र पिछडिएका वर्गलाई लक्षित गरि दशैं विशेष कार्यक्रम समेत गर्ने भएको छ । त्यस्तै, पोखराको सडकमा खुल्ला रुपमा छाडिएका छाडा चौपायालाई व्यवस्थान गर्न पहल समेत गर्ने भएको छ भने विभिन्न कम्पनीहरुसंग सहकार्य गरि सो कम्पनीहरुको लोगो अंकित टिर्सटहरु विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .