BREAKING NEWS

Monday, September 12, 2016

लेखनाथ फनिर्चर ब्यवसायीको दोस्रो साधारण सभा


भीमपाणि बराल
लेखनाथ,२७ भदौं।
लेखनाथ फर्निचर ब्यवसायि संघको दोस्रो बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले ब्यवसायिक हक हितका लागि वस्तुगत संघ अन्तरगत रहेक ब्यवसायिहरु संगठित हुर्दै ब्यवसायबाट आय आर्जन बढाउनका लागि अस्वस्थ प्रतिस्पर्दाबाट होईन गुणस्थरीय सेवालाई ध्यानमा राख्दै साचीकै ब्यवसायी बन्नका लागि सवैमा अनुरोध गरेका थिए।
लेखनाथ फर्निचर ब्यवसायि संघका अध्यक्ष नेत्रबहादुर पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा ईलाका बन कार्यालय डाडाकोनाकका साहायक बन अधिकृत नानीकाजी केसीले अनाधिकृत रुपमा बन फडानी गर्ने गिरोहलाई नियन्त्रण गर्दा ब्यवसायीहरुलाई केही मर्का पुगेपनि काठ दाउराको कारोवार गर्दैा आवस्यक कागज पत्र बनाएर मात्र कारोबार गर्न ब्यवसायीहरुलाई अनुरोध गरेका थिए।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी, एसोसियट सदस्य राजु सुवेदी,लेखनाथ हाडवर्यस एसोसियसनका अध्यक्ष गोपीचन्द्र बास्तोला,कुटानी पिसानी ब्यवासायि समिति लेखनाथका अध्यक्ष रामजी पौडेल र बेगनासताल बस संचालन समितिका अध्यक्ष खेम गुरुङ लगाएतले ब्यवसायि एकताका बारेमा जोड दिएका थिए।
लेखनाथ फर्निचर ब्यवसायि संघका सचिव यज्ञवहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेशराज पौडेलले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .