BREAKING NEWS

Thursday, September 15, 2016

राज्यका कारण यातायात क्षेत्र धरासायि बन्दै छः खनाल


भीमपाणि बराल
लेखनाथ,३०भदौं।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय कार्यवाहक अध्याक्ष डोलराज खनालले राज्यकै कारण यातायात क्षेत्र धरासायि बन्दै गएको आरोप लगाएका छन्। बेगनासताल बस संचालक समितिको २४औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष खनालले राज्यले कानुन बनाउछ तर कार्यन्यन गराउने सवालमा कडाई नगरेका कारण निजी क्षेत्रबाट गरिएको लगानी राज्य कै कारण धरासायी वन्दै गएको आरोप लगाएका हुन्। सवै ठाँउमा यातायात साधन पुर्याउदै आएका ब्यवसायिहरुका समस्याका बारेमा राज्यको तर्फबाट कम चासो देखाएको आरोप लगाउदै अध्यक्ष खनालले ठाउ र परिवेश हेरेर निती तथा नियमहरु वनाउनु पर्छ जसका कारण दिर्घकालीन रुपमा समस्यका समाधान होस उनको भनाई थियो। एकातिर बाटोको अवस्यको अवस्था दयनिय छ आर्को तर्फ राज्यलाई राजश्व आउछ भन्ने बहानामा धमाधम गाडी थपिन्छ यसरी समस्याको समाधान कसरी हुन्छ? उनको प्रति प्रश्न रहेको थियो।

सोही अवसरमा महासंघका बरिष्ठ उपाध्यक्ष बिजय स्वाँरले ब्यवसायी हक हितका लागि राज्यले चासो देखाउदैन भने हामी हाम्रा गाडीहरु राज्यलाई बूझाउन तयार छौं हाम्रो लगानी फिर्ता गरोस भन्दै ब्यवसायीहरु पन्छ्याएर सिण्डीकेटका नाम अनागल प्रचार गर्न पाउने अधिकार कसै सँग नभएको उनको भनाई रहेको थियो।बेगनासताल बस संचालक समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी धौलागिरी यातायात समोन्वय समितिका अध्यक्ष बसन्त प्रधान,गण्डकी यातायात ब्यवस्थापन कार्यलयका प्रमुख भरत पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य युवराज पौडेल, नेकपा माओवादी केन्द्रका अर्जुन मल्ल लगायत अन्य मजदुर नेताहरुले यात्रुमैत्री वातावरणमा सवारी साधन संचालन गर्नका लागि ब्यवसायीहरुलाई सुझाव दिएका थिए। सोही अवसरमा बेगनासताल बस संचालक समितिका प७३घढसर्व कर्मचारी यादवराज पौडेलकी श्रीमती कृपा पौडेललाई पौडेलले समितिको स्थापना काल देखि ग्रामिण क्षेत्रमा सेवा विस्थारमा गरेको कामको उच्च मुल्याङकन गदैै मरणउप्रान्त सम्मान गरिएको थियो भने यातायात ब्यवासायी र मजदुरका छोरा छोरी हरुको तर्फबाट यस वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ठ स्थान हासिल गर्न सफल आचल क्षेत्री,विपिन स७३घढसवेदी र उमेश भटराईलाई समेत सम्मान गरिएको थियो। सस्थाका पुर्व सचिव कृष्ण प्रसाद ढुंगानाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष भवानीप्रसाद तिवारी र प्रगति प्रतिवेदन सचिव पूर्णबहादुर ताम्राकारले राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .