BREAKING NEWS

Sunday, September 11, 2016

रुपा बहुद्देशीय बचत तथा ऋण सहकारीको १३ औ साधारण सभा


लेखनाथ, २६ भाद्र।
रुपा बहुद्देशीय बचत तथा ऋण सहकारीको १३ औ साधारण सभा संस्थाका अध्यक्ष श्री ध्रुव के सी को अध्यक्षतामा गणेश नेवा खलको भवनमा सम्पन्न भएको छ । संस्थाका बयोवृद्द शेयर सदस्य श्री तुलसी लिगल र बाल कुमारीले संयुक्त रुपमा सभाको उद्घाटन गर्नु भयेको थियो कार्यक्रममा सो संस्थाका कोषाध्यक्ष रमेश आचार्य, चन्द्रावती पौडेल, अर्जुन वस्नेत , देवराज पन्थी, कार्यालय प्रमुख देव खडका, मन्टेश्वरी प्रमुख सुनिता पराजुली , कानुनी सल्लाहाकार हरी प्र पण्डित सो सभामा संस्थाका भु पू अध्यक्षहरु सनत कुमार श्रेष्ठ , लेखा परिक्षक श्री एल के शर्मा लगायतले बोल्नु भएको थियो 
संस्थाले लेखनाथ मै अग्रणी संस्थाको रुपमा रहेर आफ्नै मन्टेश्वरी स्कुल सञ्चालन गर्नुका साथै शेयर सदस्य हरुको बचत संकलन एवं ऋण लगानि गरेर शेयर सदस्य लाई उच्च प्रतिफल दिन सफल रहेको छ भने संस्थाले सोही स्थान मा आफ्नै जग्गामा करिव १ करोड ५० लाखमा ब्यापारिक रुपमा ३ तले भवन बनाउने ड्रिम प्रोजेक्ट सार्वजनिक गरेको छ भने संस्था को सेवा विस्तार लेखनाथको १ र १३ वडा न मा गर्ने निर्णय गरेको छ । साथै सस्थाको अधिकृत १० करोड वनाउने लक्ष्य राखेको छ । सो कार्यक्रम संस्थाका सचिव श्री बलराम अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष श्री धन प्रसाद गुरुङले गर्नु भयेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .