BREAKING NEWS

Saturday, September 10, 2016

चक्रदेवी सहकारीको ४९औं वार्षिक साधारण सभा, अध्यक्षमा अधिकारी

 लेखनाथ, २५ भाद्र।
लेखनाथ नगरपालिका वडा नं ८ शिशुवामा रहेको लेखनाथकै जेठो सहकारी चक्रदेवी बहुमुखी सहकारीि संस्थाको ४९ औ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि निबर्तमान उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।सर्वसम्वत रुपमा चयन भएको समितिको कार्यविभाजन पछि हुने गरी सदस्यहरुमा शिवप्रसाद वास्तोला,ऋषिराम जमरकटेल,उपेन्द्र पौडेल,माहामाया गौतम,राधा गुरुङ,अर्जुन ताम्राकार,ईन्द्रविलास जमरकटेल,राजकुमार श्रेष्ठ,दुर्गा शर्मा र हरि त्रिपाठी रहेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी डिभिजन कार्यालय पोखराका पुर्ब प्रमुख चन्द्रबहादुर ठकुरीले सहकारीहरुले सियर सदस्यहरुका लागि सिपमुलक र ब्यवसायिक तालिमबाट आय अर्जनको माध्यमवाट अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए।सहकारीका अध्यक्ष सोमलाल कडेलको अध्यक्षतामा भएको साधारणसभामा लेखनाथ उदोग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,महिला सेयर सदस्य धनसुब्वा गुरुङ, सदस्य धु्रवबल्पीत सुवेदी,लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझा,वडा नागरिक मञ्च वडा नं ८का संयोजक आसमायँ गुरुङ,टोलविकास समोन्वय समिति वडा नं ८का संयोजक चिरञ्जीवि तिवारी,सम्मानित ब्यत्तित्व महेन्द्र पौडेल र आसमाया गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए।सस्थाका सचिव शिवप्रसाद वास्तोलाले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष शिवराज अधिकारीले स्वागत मन्तव्य र कोषाध्यक्ष अर्जुन कुमार ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वि.सं २०२४ सालमा स्थापना भएको सहकारीले पशुपालन , दुग्ध संकलन केन्द्र , मनिट्रान्फर सेवा सुविधा समेत प्रदान गर्दै आएको छ । साधारण सभाको अवसरमा यस वर्षको प्रवेसीका परिक्षामा उत्कृष्ठ स्थान हासिल गर्न सफल सहकारी शेयर सदस्यका छोराछोरी तथा जेष्ठ नागरिक र उत्कृष्ट बचत कर्तालाई समेत सम्मान गरिएको थियो। सहकारीमा हाल ६९७ जना शेयर सदस्य रहेका छन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .