BREAKING NEWS

Friday, August 12, 2016

महिला हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न


लेखनाथ, २८ साउन
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा टोल विकास सस्था वडा समन्वय समिति लेखनाथ १४ को समन्वयमा साझा साँस्कृतिक समाज अम्वोटेको सभाहलमा महिला हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । जिला प्रहरी कार्यालयका प्र.ना.नि गिता रानाभाट र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय कास्कीका प्र.ना.नि होतवहादुर रोकाले महिला हिंसा सम्वन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथ सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु वहादुर भट्टराईले महिला ंिहसा हटाउनको लागि कक्षा १२ अध्ययन गरीन्जेल ३ एम. (मोवाइल, मिनी स्कट र मोर्टरसाइकल) प्रयोग गर्न दिन नहुने कुरा मा जोड दिनुभएको थियो । विशेष अतिथि इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक मित्र वहादुर आचार्य, जिल्ला सामुदायिक अध्यन केन्द्र कास्की सन्जालका अध्यक्ष टिकाराम पगेनी, नगरपालिकाका प्रतिनिधि दिपक कोइराला , आमासमूहको तर्फबाट सिता अधिकारी, टोल विकास सस्थाको तर्फबाट श्रीकृष्ण अधिकारी ले बोलेका थिए । सस्थाका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश ओझाले गरेका थिए भने कार्यक्रम संचालक सचिव त्रिलोचन लामिछानेले गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .