BREAKING NEWS

Friday, August 19, 2016

लेखनाथका विभिन्न ठाउमा तयाः मचा नृत्य

Photo: Akash Tiwari 

लेखनाथ,३भदौं
लेखनाथ नगर क्षेत्र भित्र रहेका नेवारी समुदायले आफनो मौलीक सस्कृतीलाई जिवन्त दिने उदेस्यले गाईजात्राको अवसर पारेर विभिन्न ठाउमा तयाः मचा नृत्य प्रस्तुत गरेका छन्।

हरेका वर्ष जस्तै लेखनाथ नगर क्षेत्र भित्र वसोवास गर्दै आएका नेवाःखल अर्घौ,नेवाः खल शिसुवा,नेवाः खल गगनगौडा आ आफनो क्षेत्रमा तयाःमच नृत्य देखाएका थिए भने समाज कल्याण नेवाःखल राजचौताराले पहिलो पटक गाईजात्राको अवसर पारेर तयाःमचा नृत्य प्रस्तुत गरेका थिए।

समाज कल्याण नेवाःखल राजचौताराको आयोजनामा सुक्रवार लेखनाथ नगर पालिका वडा नं १३,१४ र१५को बहादुरे चौतारा,सातमुहाने र रुपाताल खोलाको छेउ हुदै पुन राजाको चौतारा सम्म आफनो मौलीक सस्कृती झल्कने गरि बाजा गाजा र झाकीका साथमा तयाःमचा नृत्य प्रस्तुत गरिएको सस्थाका सल्लाकार धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन्।उक्त नृत्य सस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठको नेतृत्वमा निस्कीएको थियो।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .