BREAKING NEWS

Saturday, August 27, 2016

ताल नगरी कृषि सहकारीको छैटौं बार्षिक साधारण सभा सम्पन्न

लेखनाथ, १२ भाद्र
लेखनाथ नगरपालिका वडा नं. ११ मा रहेको ताल नगरी कृषि सहकारी संस्था लिमिटेडको छैटौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारी निति तथा सहकारीमा आधारित सिद्धान्त अनुसार हिडेमा संस्थाहरु सफल हुने धारणा राखेका थिए । कार्यक्रमा लेखनाथ नगर पालिकाका कानुनी शल्लाहकार राममणि अधिकारी , लेखनाथ उद्योग बााणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कंडेल, शिशुवा कृषि सहकारीका अध्यक्ष कृष्ण प्रसाद तिवारी , लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझा , कामना बिकास बैंकका प्रबन्धक हरी बुढाथोकी, महिला हरुको तर्फ बाट धनुसुबा गुरुङ्ग, सदस्यहरुकोतर्फ बाट बाबुराम थापा लगाएतका बक्ताले सहकारीको महत्व र उपयोगिताका वारेमा जानकारी गराएका थिए । संस्थाका अध्यक्ष बसन्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष महेन्द्रप्रसाद पौडेल र कार्यक्रम सञ्चालन संस्थाका सचिव जीवन तिवारीले गरेका थिए ।
लायन्स क्लव सेभेन लेक सिटीको वृक्षारोपण
लायन्स क्लव अफ सेभेन लेक सिटीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौ अर्चलेमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रुख रोपौं वातावरण जोगाऊ‘‘ भन्ने मुल नाराका साथ क्लवले कवि शिरोमणिको जन्म स्थल परिसरमा विभिन्न जातका विरुवाहरु रोपेको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ लायन्स क्लव ३२५ वि १ का वृक्षारोपण संयोजक मदन द्धाले गरेका थिए । लायन्स क्लव अफ सेभेन लेक सिटीका अध्यक्ष मधुसुधन कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक वराल, सचिव बद्रिनाथ भण्डारी, लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने र लायन्स क्लव अफ लेखनाथका अध्यक्ष सुर्यनारायण वराल लगायतले लायन्स क्लवले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको धारणा राखेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .