BREAKING NEWS

Friday, August 12, 2016

राजनितीलाई अपराध मुक्त वनाउनु पर्छ उप प्रधानमन्त्रि निधी

स्वर्गीय रामजी पौडेल वादलको प्रथम बार्षिक पुन्यतिथिका अवसरमा राखिएको स्मृती सभामा रामजी पौडेल वादल स्मृती दर्पणको लोर्कापर्ण गर्दै नेपाल सरकारका उप प्रधानमन्त्रि एवंम गृह मन्त्रि विमलेन्द्र निधी र साथमा बादलकी श्रीमती चन्द्रवती पौडेल।तस्विर भीमपाणि बराल
भीमपाणि बराल
लेखनाथ, २८ साउन ।
उपप्रधान तथा गृहमन्त्रि विमलेन्द्र निधीले राजनितिलाई अपराध मुत्त बनाउनु पर्नेमा जोड दिएका छन्।
स्वर्गीय रामजी पौडेल वादलको प्रथम बार्षिक पुन्यतिथिका अवसरमा सुक्रवार लेखनाथमा राखिएको स्मृती सभामा बोल्दै उपप्रधान मन्त्रि निधीले देश र जनताको  पक्षमा काम गर्ने जो कोही नेता तथा कार्यकर्ताहरु राजनिती गरेका कारणाले नै असुरक्षीत हुन्छन् भने त्यो प्रविद्धि राम्रो नभएको भन्दै राजनिती गर्नेहरु सुरक्षीत हुनु पर्नेमा जोड दिएका हुन्।
गत साल साउन २८ आफनै कार्यकर्ताबाट अमानविय र पासविक रुपमा हत्या गरिएका लेखनाथ १२ निवासी नेपाली काग्रेसका जुजारु युवा नेता रामजी पौडेलको सम्झनामा स्थापना गरिएको रामजी बादल मेमोरियल ट्रस्टले राखेको कार्यक्रममा गृह मन्त्रिको जिम्मेवारी समेत समालेका निधीले अपारधीलाई कारवाही हुने र निर्दोषिलाई उन्मुत्ति दिने धारणा राखेका थिए।
आफु सरकारमा भएको वेला बादल हत्यकाण्डका मतियारा देखि योजनकार सम्मका दोषिहरुका बारेमा यर्थात शत्य तथ्य पत्ता लगाएर कड भन्दा कडा करवाही गरेरै छाड्ने आस्वासन पडित परिवारलाई दिदै मन्त्रि निधीले बादल पौडेल परिवारको सदस्य मात्र नभई सिङगो देश कै धरोहर र उदाहरणी ब्यक्ति भएकाले उनको निधनले पाटीलाई अपुरणीय क्षती भएको विचार राखेका थिए।
सोही अवसरमा मन्त्रि निधीले देशमा ब्याप्त राजनितीक गतिरोध अन्त्येका लागि नेपाली काग्रेस र माओवादी केन्द्र विच भएको सहमति नै नेपालको राजनितीको प्रस्थान विन्दु भएको बताएका थिए।
अहिलेको सरकार गठनका लागि दुई सहयात्री राजनितीका पाटीका विच भएको तीन बुदे र सात वुदे सहमतिले राजनितीक अस्थिरताको अन्त्ये गरि देशमा तीन प्रकारका चुनाव गराउनु पर्ने दाईत्व भएकाले यस अभियानलाई सफल पार्न सवै नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्नका लागि समेत मन्त्रि निधीले आग्रह गरेका थिए।
सोही अवसरमा एक वर्ष अगाडी हत्या भएका नेपाली काग्रेसका स्थानिय नेता रामजी पौडेल वादलको सम्झनामा प्रकाशन गरिएको रामजी पौडेल बादल स्मृति दर्पणको समेत लोकार्पण गरिएको  थियो।
रामजी बादल मेमोरियल ट्रस्टकी अध्यक्ष तथा बादलकी श्रीमति चन्द्रवती पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संसद यज्ञ बहादुर थापा,सारदा पौडेल र बृन्दा रानामगरले आफनो ब्यक्ति गत स्वार्थ भन्दा माथी उठेर पाटी र जनताको पक्षमा काम गर्ने बादल हत्या काण्डका अन्य दोषि तथा योजनाकारहरुको समेत खोजी गरि घटनालाई वाहिर ल्याउनु पर्नेमा जोड दिएका थिए।
सोही अवसरमा कास्की काग्रेसका सभापति कृष्ण के शी,काग्रेस नेता सुक्रराज शर्मा,खेमराज पौडेल,सोभियत बहादुर अधिकारी,नन्दप्रसाद तिवारी,नेपाली काग्रेस कास्की क्षेत्र नं १का क्षेत्रिय सभापति बृजमान गुरुङ, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ,महिला संघ कास्कीकी पुर्व सभापति तारा अधिकारी,बादल स्मृती दर्पणका सम्पादक संयोजक डाक्टर यमनाथ तिमिल्सिना, रामजी बादल मेमोरियल ट्रस्टका कोषाध्यक्ष भरत प्रसाद तिवारी र वादल हत्याकण्डका प्रतक्ष्यदर्शी मनोज गुरुङले हत्याका बारेमा यर्थाथ जानकारी दिएर परिवारको चित्त नबुझाएसम्म बादल प्रति अन्याय हुने धारणा राख्दै दोषि मतिहारहरुलाई कडा भन्दा कडा कारवही हुनु पर्ने माग समेत राखेका थिए। रामजी बादल मेमोरियल ट्रस्टका सचिव विश्वमोहन पौडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तथा वादलका दाजु रामचन्द्र पौडेलले गरेका थिए।


वादल हत्याकाण्डका छ अभियुत्त जेलमा, एक अझै फरार

गत साउन २८ गते राती आफनै पाटीको आन्तरिक विवाद मिलाएर लेखनाथको गगनगौडाबाट घर फर्कने क्रममा आफनै कार्यकर्ताहरुवाट पृथ्वीराज मार्गको माथील्लो गगानगौडा निजिक पासविक तरिकाले रामजी पौडेल बादलको हत्यामा संलग्न अभियुत्तहरु मध्य छ जना अदालतको विचारधिन मुद्धाका आधारले जेलमा छन् भने एक जना अभियुक्त अझै फरार रहेका छन्। जेलमा रहेका अभियुक्तहरुमा प्रकाश गुरुङ,विश्वास गौतम,रविन केसी,राजु रानाभाट,सन्दिप गुरुङ र बले भन्ने अशोक गुरुङ  रहेका छन् भने सोही हत्या काण्डमा संलग्न ब्रजेस गुरुङ अझै फरार रहेका छन्।हत्याकाण्डका बारेमा जाचबुझ समिति गठन गर्नु पर्ने माग राख्दै पिडित परिवारको तर्फबाट घटनाका योजनाकार,मतियार देखि संलग्न सवैको छानविन गरि कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखिएको छ।   

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .