BREAKING NEWS

Tuesday, August 23, 2016

मिस प्लस टु गण्डकी सिजन टु आगामी अडिसन भदौ १६ गते

हेमजा ७, भदौँ 
द नेस्क्ट इन्टरटेनमेन्ट एण्ड इभेन्टस् म्यानेजसमेन्टेका प्रस्तुती र डि. के फिल्मस काठमाण्डौ को सहकार्यमा हुने मिस प्लस टु गण्डकी सिजन दुई २०७३ को आगामी अडिसन यही भदौ १६ गते चिप्लेढुङ्गा पोखरामा हुने भएको छ । 
उक्त अडिसनका लागि इच्छुक १६ देखि २२ बर्ष सम्मका, ४.९ फिट देखि माथि उचाई भएका, एस. एल सी पास देखि लिएर स्नातक प्रथम बर्ष सम्ममा अध्ययनरत युवतीहरुले सहभागिता जनाउन सक्नेछन् । युवतीहरुले अडिसन हुने दिन अडिसन अविधिभर पनि नाम दर्ता गराई अडिसनमा सहभागी हुनसक्ने आयोजकले जनाएको छ । अडिसन पश्चात केही दिनमानै प्रशिक्षण सुरु हुने आयोजक संस्थाका लक्ष्मी गुरुड्डले जानकारी दिनुभयो ।
इन्भेटमा सहभागीहरुले एक महिनाको प्रशिक्षण समयावधिभरमा मासफेसिङ्ग, गुम्रिङ, कोरियोग्राफी, स्टेज प्रफमेन्स, सेल्फ मेकअप टिप्स, नेतृत्व तथा व्यक्तित्व विकास, फ्रि हेल्थ चेकअफ, आर जे भि जे तालिम, शारीरिक फिटनेस, डाक्टर तथा डाइटिसियनहरुबाट न्यूट्रिसन टिप्स, फोटो सेसन, कुक वेटर टे«निङ लगायतका विभिन्न टे«निङहरु प्राप्त गर्नुका साथै अन्तराष्ट्रिय स्तरको प्रशिक्षण दिइने  आयोजक संस्थाका यमनारायण श्रेष्ठले जानकारी दिनुभयो। 
मिस प्लस टु गण्डकी सिजन दुई २०७३ को उपाधी जित्न सफल विजेताले गोल्डेन क्राउनका साथमा नगद २५ हजार रुपैया, साथमा अध्ययनरत कलेजको शिक्षण शुल्कमा सत प्रतिशत छुट, फस्ट रनर अफ हुन सफल विजेताले सिल्भर क्राउनका साथमा नगद २० हजार, त्यस्तै दोस्रो रनर अफले सिल्भर क्राउनका साथमा नगद १५ हजार, त्यस्तै दशर्क च्वाईसमा ५ हजार पाउने भएका छन् भने, विजेताहरुलाई विभिन्न राष्ट्रिय स्तरमा सञ्चालनहुन इन्भेटमा सहभागिता जनाउन पाँउने,  कम्युटर, फेसन डिजानिड्ड लगायतका विभिन्न विद्याका कोषहरुमा विशेष छुट उपलब्ध गराइने, सिजन २ को उपाधि चुम्न सफललाई मिस नेपाल कल्चर २०१७ को लागि सहभागी हुन कुनै प्रशिक्षण शुल्क तिर्न नपर्ने, मोडल कोयस्ट इन्टरनेशनल नेपाल २०१७ मा सहभागिता जनाउन पाउनुका साथै विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय, पत्रपत्रिका तथा एफ रेडियोहरुमा अन्र्तवार्तालगायत विविध कार्यक्रममा सहभागिता गराइने र विभिन्न आर्कषक उपहारहरु प्रदान गरिने द नेस्क्ट इन्टरटेनमेन्ट एण्ड इन्भेन्टस म्यानेजमेन्टका रोहन्सन प्रजुले ले जानकारी दिनुभयो । साथै अडिसनमा सहभागी हुने प्रतियोगिहरुको लागि प्रतियोगिहरुले पढ्ने कलेज सँग सहकार्य गरी शिक्षण शुल्क, कुनै पनि डिजाईनर डे«सअप, तथा व्यवसायिक कोर्षहरुमा केही प्रतिशत  छुट गराईनुका साथै म्यूजिक भिडियोहरुमा अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
सोही अवसरमा ग्याल्म सिटीको प्रस्तुतीमा फेसन डिजाइनर कन्टेस्ट २०१६  हुने भएको छ । जृुन पोखरामा नै  व्यूटी प्याजेन्ट्समा पहिलो चोटी समावेश गरिन लागीएको हो । डिजाइनर अर्वाड्समा प्रथम हुनेले नगद २५ हजारका साथमा सर्टिफिकेट, दास्रो हुनेले नगद रु २० हजारका साथमा सर्टिफिकेट र तेस्रो स्थानमा आउने डिजाइनरले १५ हजार नगदका साथमा सर्टिफिकेट प्राप्त गर्ने ग्याल्म सिटी पोखराका डिजाइनर अमित बरालले जानकारी दिनुभयो । 
द नेक्स्ट इन्टरटेनमेन्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको प्रस्तुती तथा डि.के  फिल्मस्को सहकार्यमा दीपक खाँडको निर्देशनमा पोखरामा निमार्ण हुन लागेको द रेड डायरी मा मिस प्लस टु का विजेता लगायत अन्य सहभागी प्रतियोगीहरुलाई अभिनय गर्ने अवसर प्राप्त  हुनेछ । डिजाईनर प्रतिस्पर्धामा आएका प्रतियोगीहरुले तयार पारेको पोशाकहरु उक्त चलचित्रमा प्रयोग हुने आयोजक संस्थाका विपिन श्रेष्ठ र प्रियंङ्का श्रेष्ठले जानकारी दिनुभयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .