BREAKING NEWS

Wednesday, August 31, 2016

लेखनाथको शिशुवाबाट पेस्तोल सहित भारतिय नागरिक पक्राउ

लेखनाथ, १५ भदाै
कास्की लेखनाथको शिशुवाबाट पेस्तोल सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन् ।
लेखनाथ नगरपालिका वडा नं ८ शिशुवा स्थित अशोक अधिकारीको घरवाट ति भारतिय नागरिक पेस्तोल सहित पक्राउ परेको बताइएको छ ।
मार्बलको काम गर्ने भन्दै ति भारतिय नागरिक अधिकारीको घरमा कोठा खोज्दै पुगेको र १२ हजार भाडा तिर्ने गरि आइतबार देखि बसेका थिए ।
उनी संगै एक महिला र अर्को पुरुष पनि संगं कोठा खोज्दै गएपनि ति भारतिय नागरिक मात्रै अधिकारीको घरमा बसेका थिए ।
शंकास्पद गतिबिधि गरेको थाहा पाए पछि स्थनियले प्रहरीलाई खबर गरेको थिए ।उनिबाट एक थान पेस्तोल समेत बरामद भएको् छ ।पेस्तोलमा भने गोली नभएको जनाईएको छ ।यता श्रोतले भने भारतको सुनौलीबाट सुनको कारोबार गर्ने भन्दै नेपाल आएको र आँफु अपहरणमा परेको भन्दै फिरौति रकम सहित आउन उता खबर गरेपछि नेपाल प्रहरीले उनको हुलिया सहित कास्की प्रहरीलाई जानकारी गराईएको थियो । भारतकै सुनौलिका सुन ब्यापारीको सुन विक्री गर्ने भन्दै नेपाल आएको र सुनको कारोबार गर्ने ति ब्यापारीलाई परेको भन्दै फोन गरेपछि उनको खोजि भएको बताइएको छ ।
ति भारतिय नागरिकले प्रयोग गरेको मोबाइलको लोकेशन केहिदिन देखि पोखरा र लेखनाथका विभिन्न ठाउँमा देखिएपछि उनकाृ खोजिकार्य तिब्र पारिएको थियो ।
घटनाका सम्बन्धमा भने कास्कीका प्रहरी प्रबक्ता गजुसिद्धि बज्राचार्यले थप अनुसन्धान भैरहेकाले थप कुरा भन्न नभिल्ने बताएका छन् । उनले ति ब्यतिका सम्बन्धमा थप अनुसन्धन भई रहेकाले नाम र अन्य विबरण तत्काल सार्बजनिक नगरिएको समेत बताएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .