BREAKING NEWS

Thursday, August 4, 2016

मकालु एयरको जहाज कर्णालीले बगायो, हुम्लामा दुर्घटना,पाइलट र को पाइलट घाईते


हुम्ला २० साउन । मकालु एयरको जहाज हुम्लाबाट सुर्खेत आउने क्रममा बिहीबार दुर्घटना भएको छ। उडिरहेको जहाजको इन्जिनमा अचानक खराबीमा आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीमा खसेको थियो। जहाजलाई कर्णली नदीले बगाइसकेको छ।पाइलट र को पालइट दुवै सकुशल छन् । दुवैजनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विबेक खड्काले बताए ।

सिम्रिक एयरका क्याप्टेन विवेकका अनुसार दुवैजना घाइते भएका छन्। विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । विवेकले भने, ‘जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ ।पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।’

नेपालगन्जबाट सामान लिएर गएको ९ एन एकेसी कल साइन भएको उक्त विमान हुम्लाबाट रित्तै फर्किरहेको थियो। नेपालगन्ज विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले दुई जनै पाइलटको हेलिकप्टरबाट उद्दार गरिएको जाकारी दिए ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेका अनुसार अपरान्ह ३ बजेर ४५ मिनेटमा उडेको बिमान ५ मिनेटपछि इन्जिनमा केही समस्या भएपछि पाइलटले सिमिकोट विमानस्थलमा ब्याक गर्न खोजेका थिए। तर बिमानस्थलसम्म पुग्न सकेन र सिमिकोटको राउतेरानीस्थित कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ भएको हो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .