BREAKING NEWS

Wednesday, August 3, 2016

लेखनाथको निर्णय उपमहानगरपालिका बन्ने

 

पोखरा, साउन १९ ।
लेखनाथ नगर पालिकामा छिमेकी पाँच गाविस र कालीका र माझठाना गविसका केही भागहरुलाई समाहित गराएर लेखनाथ उप महानगर पालिका वनाउने प्रस्तवलाई अगाडी सारिएको छ।
राज्य पुनसंरचनाका सम्वन्धमा मंगलवार लेखनाथमा संघिय पुनसंरचना प्राविधिक सहयोग समितिको कार्यसर्त मापदण्ड सम्वन्धि अभिमुखिकरण कार्यक्रमका अधिकाम्स सहभागीहरुले लेखनाथ नगरपालिका आसपासका गाविसहरुलाई भौगोलीक र ब्यवहारीकतालाई आधार मानी उप महानगर पालिका बनाउने प्रस्तवलाई अगाडी सारेका हुन्।
संघिय पुनसंरचना प्राविधिक सहयोग समितिका सदस्य तथा जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख ईन्जिनियर नारायण प्रसाद श्रेष्ठले प्रस्तुत गरेको संघिय संरचना माथी छलफल गरि छिमेकी गाविसका सम्वन्धित गाविस सचिवहरुले गाउ स्तरिय भेला गरि भएका निर्णणहरुलाई प्रस्तुत गर्दै लेखनाथ नगरपालिकामा समाहित हुने घोषणा गरेका थिए।
कार्यक्रममा शिद्ध गाविसका गाविस सचिव रामचन्द्र पौडेल,थुम्की गाविसका रामचन्द्र भण्डारी,हंसपुर गाविसका यदुराम ढकाल,रुपाकोट गाविसका कुलप्रसाद पौडेल र देउराली गाविसका कमल बहादुर खड्काले आफनो गाविसहरुमा भएको सर्व पक्षय भेलाको निर्णय सुनाउदै आफुहरु भैसे गाउपालिका केन्द्रमा नगई लेखनाथ नगरपालिकामा समाहित हुने निर्णय प्रस्तुत गरेका थिए।
यसै गरि कार्यक्रममा कालीका गाविसले वडा नं १ देखि ५ सम्म र माझठाना गविसको पानी डोलोलाई आधार मानी लेखनाथ नगरपालिकामा समाहित गराउदा ब्यवहारीक हुने सुझाव राख्दै लेखनाथ नगरपालिकालाई उप महानगर पालिका बनाउनेमा जोड समेत दिएका थिए।
संघिय पुनसंरचना प्राविधिक सहयोग समितिका सदस्य ईन्जिनियर नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले छिमेकी गाविसहरुले लेखनाथ नगरपालिकामा समाहित हुने जुन ईच्क्षा देखाएका छन् त्यो स्वागत योग्य काम भएको भन्दै विकास निमार्ण र क्षेत्र निर्धारणलाई सहमति र सहकार्यमा अगाडी वढाउन सकिने धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय स्तरका राजनितीक पाटीका प्रतिनिधी तथा सामाजीक संघ सस्थाका प्रतिनिधीहरुले गाउपालिकाको संख्या बृद्धि देखि राज्य पुनसंरचनाले ल्याएको खाका ब्यवहारीक नभएको हुदाँ यसलाई सच्याउनु पर्ने सुझाव समेत राखेका थिए।
सोही अवसरमा हंसपुर गाविसबाट आएका सहभागीहरुले कार्याक्रम स्थलवाहिर नारा जुलुस प्रर्दशन गर्दै हंसपुरलाई भैसे गाउपालिका केन्द्रमा नभई लेखनाथ नगरपालिकामा मिसाउनु पर्ने माग प्रस्तुत गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .