BREAKING NEWS

Saturday, August 27, 2016

मध्यराती लेखनाथमा दुर्घटना,एकको मृत्यु, ट्राफिक प्रहरी सहित दुई घाईते

गोकुल बानियाँ, पोखरा १२ भदौ । 

लेखनाथमा गएराती भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । ट्राफिक प्रहरी सहित दुई जना घाईते छन् । लेखनाथको अर्घौचोकमा मध्य राती साढे १२ बजे दुर्घटना हुदा लेखनाथ ३ रिठ्ठेपानी का ३५ बर्षीय ज्ञान वहादुर पुनको ज्यान गएको छ ।

दुर्घटनामा ट्राफिक प्रहरी पूर्ण वहादुर दराई र लील बहादुर पुन घाईते भएका छन् । दुर्घटना कसरी भयो भन्ने खुलाईएको छैन । तर मृतकका आफन्तले ट्राफिक प्रहरीले चलाएको मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको आरोप लगाएका छन् ।

पोखराबाट लेखनाथ जाने क्रममा रहेका दुबै मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । दराईले चलाएको लु १९ प ३९४१ नम्बरको मोटरसाईकल र ग १० प ३२९१ मोटरसाईकल ठोक्किएको हो । घाईतेको अबस्था सामान्य छ । घटनाको बारेमा बिस्तृत विवरण आउन वाँकी छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .