BREAKING NEWS

Tuesday, August 30, 2016

लेखनाथ सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरी नागरिक हातेमालो कार्यक्रम सम्पन्न



लेखनाथ, १४ भाद्र,

लेखनाथ सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरी नागरिक हातेमालो कार्यक्रम डायमन्ड उ.मा.वि.को सहयोगमा कक्षा ९ मा अध्ययनरत १०० विद्यार्थीहरूलाई प्रहरी नागरिक हातेमालो सम्बन्धमा एक दिने कार्यक्रम सम्पन्न भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. टंक प्रसाद पौडेल र प्रहरी जवान कृष्ण रेग्मीले प्रशिक्षण गरेका कार्यक्रममा बालश्रम, बलात्कार, साइबर क्राइम जस्ता विभिन्न अपराध तथा अन्य विविध बिषयमा जानकारी दिईएको थियो । 

उक्त कार्यक्रममा प्र.स.नि. टंकप्रसाद पौडेल, डायमन्ड उमावि का प्राचार्य यमबहादुर रोकाले र प्रमुख अतिथि प्याब्सनका केन्द्रिय सदस्य माधवशरण उपाध्यायले मानिसको जीवनमा उमेरको ठुलो भूमिका हुने, किशोर अवस्थामा मानिसको शरीर र विचारमा आउने परिवर्तन, तिनका मनमा आउने भावना र साथीबाट पर्ने प्रभावले जीवन बन्न वा विग्रन विशेष भूमिका खेल्ने कुरा उल्लेख गर्दैे असल नागरिक बन्न आफु स्वयम् प्रमुख जिम्मेवार हुनुपर्ने, साथमा अभिभावक, साथी, समाज र राज्य स्वयन्त्रको पनि भूमिका हुने कुरा बताएका थिए ।


संस्थाका अध्यक्ष ज्ञानेन्द्र वजगाईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रमेश ओझाले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सामुदायिक सेवा केन्द्रका सचिव त्रिलोचन लामिछानेले सञ्चालन गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .