BREAKING NEWS

Wednesday, August 31, 2016

पुस्तकालय दिवसमा लेखनाथमा हाजिरीजवाफ प्रतियोगिता


जीवन पर्यन्त शिक्षाको लागि पुस्तकालय भन्ने मुल नाराका साथ नवौं पुस्तकालय दिवसको अवसर पारेर लेखनाथमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले राखेको सरसफाई कार्यक्रमका सहभागीहरु र पृष्ठभुमीमा पुस्तकालय भवन (तस्विर: भीमपाणि बराल)

लेखनाथ १५,भदौ,
नवौं पुस्तकालय दिवसको अवसर पारेर लेखनाथमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले लेखनाथ नगर स्तरीय उच्च मा.वि. हाजिर जवाफ प्रतियोगितामा गोगन उच्च मा.वि. प्रथम भएको छ ।

जीवन पर्यन्त शिक्षाको लागि पुस्तकालय भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा शान्ति उच्च मा.वि.द्वितीय,भवानीकालिका उच्च मा.वि. तृतिय र जनप्रकाश उच्च मा.वि.ले सान्तवना स्थान हासिल गरेको हो।
विजय विद्यालयका सहभागीहरुलाई दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण हरि भण्डारीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए भने हाजिर जवाफ प्रतियोगिताका संयोजक होमनाथ पौडेल,सचिव सोमत बहादुर श्रेष्ठ, सदस्य दीपक मणि भण्डारी लगायतले पुस्तकालयको महत्व र उपयोगिताको बारेमा जानकारी गराउनु भएका थिए।
यसै बिच पुस्तकालय दिवस कै अवसर पारेर बुधबार बिहान दीपशिखा पुस्तकालयको परिसर र भण्डारढिक चोक वरिपरि जनचेतना मुलक सरसफाई गरिएको थियो भने साझ दीपशिखा सामुदायिक पुस्तकालयको भवनमा दिप प्रजवल्न गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .