लेखनाथ, ८भदौ।
बेगनासताल वस संचालन समितिले यात्रुको सुबिधा र थप क्षेत्रमा सेवा विस्थार गर्ने उदेस्यले एक सय सात नयाँ गाडी र टेक्सीको दर्ता खुल्ला गरेको छ।
समितिको वुधबार बसेको ब्यवसायिहरुको विषेश भेलाले हाल संचालनमा रहेका एक सय सात गाडीको संख्यालाई बृद्धि गरि दुई सय १४ पु¥याउने निर्णय गरेको हो।
यसैगरि सोही भेलाले समितिको नियममा रहेर आगामी दिनमा टेक्सीबाट पनि सेवा विस्थार गर्ने उदेस्यले टेक्सीको नयाँ दर्तालाई खुल्ला गरेको समितिका निर्बमान अध्यक्ष बुद्धि बास्तोलाले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष खेमवहादुर गुरुङको अध्यक्षतामा बसेको ब्यवसायिहरुको भेलाले लेखनाथ नगरपालिकाका सम्पुर्ण क्षेत्र,छिमेकी गाविस,लम्जुङ र तनहुका केही क्षेत्रमा सेवा विस्थार गर्नका लागि नयाँ गाडी थप्ने निर्णय गरेको वताईएको छ।
यात्रुहरुको सेवालाई मध्यनजर राख्दै समितिले कास्की जिल्लाको पुवी भेकमा थप रुटहरु विस्थार गरि नयाँ गाडीवाट सेवा दिनका लागि राज्यको नियममा रहेर गाडी थप्ने निर्णय गरेको हो।