BREAKING NEWS

Friday, August 5, 2016

कुशल नेत्रित्व र संगठित ने. बि. संघ; मुलुककको आवश्यकता

पवनबाबु बास्तोला

नजिकिदै गरेको नेपाल बिध्यार्थी संघको केन्द्रीय महाधिवेसन र यो महाधिवेसनबाट आशातित भाबी नेतृत्वले सम्पूर्ण बिध्यार्थी , राजनीतिकर्मी र आम जनताको ध्यान केन्द्रित गरेको छ। पटक पटक मिति तोकिएर पनि स्तगित भएको ने.बि.संघको केन्द्रीय महाधिवेसन यही साउन २३,२४ र२५ गते भृकुटीमण्डपमा तोकिएको छ र बिगतमा भन्दा यस पटक अधिवेसनको सफलता प्रति केहि बढी विश्वास पाइएको छ। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उमेद्वारी दिने बिध्यार्थी नेताहरु सङ्ख्यात्मक रुपमा बढ्दो छ। नेतृत्वमा जान आतुर भएका बिध्यार्थी नेताहरु एबम मात्री पार्टी नेपाली कांग्रेसको नेताहरु संचार माध्यममा कुशल,बौद्धिक र सक्क्षम् नेतृत्वको पर्खाईमा रहेको बताउछन तर बिडम्बना, बिपिको विचार, नेपाली काँग्रेसको इतिहास,विभिन्न कालखण्डमा नेपाली कांग्रेसको र ने.बि.संघको भूमिकाको बारेमा जानकारी नभएकाहरु पनि नेविसंघ महाधिवेसनमा प्रतिनिधि भएको पाइएको छ। नेपाल बिध्यार्थी संघको मर्म, भावना र मान्यता बूजेका , संघठनको विभिन्न तह ( इकाई, क्षेत्र र जिल्लामा) रही दुख गरेकाहरु छुटिनु कुनै पनि हालतमा ठिक होइन। नेतृत्वमा रहेकाहरुले आफनो निकट सम्बन्धलाइ र आन्तरिक गुटलाई सर्बोपरी ठानेर प्रतिनिधिमा सिफारिश गरिनु गल्ति हो, इतिहास जगजायर छ। हाम्रो देशको विभिन्न कालखण्डमा ने.बि. संघले देखाएको राजमार्गमा नेपाली काँग्रेस र नेपाली काँग्रेसको आनुयायी बन्दै अन्य राजनीतिक दलहरु हिडेर विभिन्न आन्दोलन गरेका छन् र उपलब्धी प्राप्त गरेका छौ। ति आन्दोलनका प्राप्ति सस्थागत गर्नु पनि ने.बि.संघ जिम्बेवार हुनुपर्छ। हामीले हेर्दै गर्दा गढतन्त्र नेपालमा स्थापित भएको छ , संघीय संरचनामा मुलुक जादै छ, समाबेशी तवरले प्रतिनिधि मुलक तवरले राष्ट्र निर्माण हुदैछ र यो विशेष अबस्तामा ने.बि.संघ थप जिम्बेवार हुनुपर्ने छ। देशका कुनाकुनामा रहेका गरिब , जेहेन्दार बिध्यार्थीलाइ सहज हुने किसिमको शैक्षिक अवधारणा बनाउनु पर्ने छ, महंगी नियन्त्रण गर्नु पर्ने छ र सम्पूर्ण बिध्यार्थी संगठनको नेत्रित्व गरि देशको सुन्दर भविश्य निर्माण गर्नु पर्ने छ तसर्थ जसले जितेपनि जसले हारे पनि नेपाल विद्यार्थी संघको जित हुनेछ।
कलम र मसाल अंकित झन्डा फरफराउने छ यस यथार्थलाई आत्मसाथ गरि सम्पूर्ण ने.बि.संघका साथी हरु जिम्मेवार हुनु आवश्यक छ र लोकतान्त्रिक तबरले समयमा अधिबेसन हुनुपर्दछमुद्दाको प्रतिस्पर्धा हुनुपर्दछ , कार्य योजनाको प्रतिस्पर्धार संगठनका जिम्बेबार व्यक्तिको बीचबाट मुल्यांकन हुनुपर्दछ। पटक पटक बिध्यार्थी साथीहरुलाई दुर्दरजबाट भृकुटीमण्डपमा बोलाइ निरास बनाएर पठाउने नजिर तोडिनुपर्छ र आम जनतामा सकारात्मक सन्देस प्रभाह गर्नु पर्छ, संगठित ने.बि.संघको निर्माण गरिनुपर्छ र बीपीका विचारमा सम्पूर्णले हिड्ने प्रहण गर्नु पर्छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .