१५ भदौ, काठमाडौं । अमेरिकाको नाट्य संस्था ‘वान वर्ल्ड थिएटर’ले महाभारत युद्धको कथावस्तुलाई मुख्य आधार बनाएर नेपालमा नाटक प्रस्तुत गर्ने भएको छ ।
उक्त नाटकमा अमेरिका, युरोप र नेपालका करिब ४० कलाकारले संयुक्त रुपमा प्रस्तुती दिनेछन् । नाटक भदौ १६ गतेदेखि २८ गतेसम्म ललितपुरको पाटन दरबार स्क्वायरमा साँझ ७ बजेपछि शुरु हुनेछ ।
नाटकमा महाभारत युद्धका पात्र राजकुमार अर्जुन र भगवान श्री कृष्णबीचको गहिरो दार्शनिक सम्वादलाई आधार बनाएर ‘अर्जुनाज डिलेमा’ प्रस्तुत गरिनेछ ।
उक्त थिएटरले पहिलोपटक भागवत गीताका अंश र सन्त कबिरका कवितालाई बिषयबस्तु बनाएर पहिलोपटक नाटक प्रस्तुत गर्न लागेको हो ।
नाटकलाई डेबोरा मेरोलाले निर्देशन गर्नेछन् ।