BREAKING NEWS

Wednesday, August 31, 2016

अमरसिद्धको खुला तिजगीत प्रतियोगीता सम्पन्न


पोखरा , १५ भाद्र
अमरसिद्ध नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सब २०७३को अबसरमा विद्यालयको बार्षिक कार्यक्रम अन्तरगत नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा आयोजित खुल्ला तिज गित प्रतियोगीता सम्पन्न भएको छ । 

तिज गित प्रतियोगीताका कार्यक्रम संयोजक हरिदेवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की क्षेत्र नं २ की माननिय सांसद शारदा पौडेलको प्रमुख आतित्थता रहेको थियो । उक्त अबसरमा सांसद पौडेलले महिला दिदिबहिनीको विचमा शुभकामना प्रदान गर्ने अबसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपालको संबिधान महिला मैत्री संविधान भएकोमा महिलादिदी बहिनीलाई आश्वस्त पार्दै तिजको गित तथा नृत्यको साथमा सम्पुर्ण सहभागी तथा दर्शकलाई थप उत्साह प्रदान गर्नु भएको थियो ।

लोक संस्कुति ,भेषभुषाको साथै रितिरीवाजको संरक्षण र सम्र्बद्धन गर्दै विद्यालयको शिक्षा क्षेत्रलाई टेवा पुर्याउने उदेश्यका साथ पर्यटकिय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्रर्बद्धन को उद्धेश्यका साथ अमरसिद्ध नमुना मा.वि लेखनाथ ११ को प्राङ्गणमा कार्यक्रम सन्पन्न भएको हो । कार्यक्रममा २० वटा समुहको सहभागीता रहेको थियो । प्रतियोगीतामा अमरसिंह दृष्टीबिहिन समुह  प्रथम ,पन्चकन्या दिदिबहिनी समुह द्धितिय , डायमण्ड मा.वि.समुह ख तृतिय तथा शान्त नेपाल दिदि बहिनी समुह सान्त्वना भएका छन् साथै उत्कृष्ट नृत्यको पुरस्कार किंबेशी टोल विकाश समुहलाई प्रदान गरिएको छ ।

सेभेन लेक शुद्ध खानेपानिको प्रमुख प्रायोजनमा सम्पन्न उतm कार्यक्रममा लोक दोहोरी गाएक शिबहरी ढुङ्गानाको साथमा गायीका मञ्जु वि.क.ले रमाइलो दोहोरी गित द्धारा मनोरन्जन गराएका थिए ।विद्यालका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलबाट विद्यालयको गतिविधि र स्वर्ण महोत्सब कार्यक्रमको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग र सद्धभाबको अपेक्षा सहित स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक रमेश सुबेदी र इन्दीरा अधिकारीले संयूतm रुपमा गर्नु भएको थियो । विद्यालयले विविध कार्यक्रम आयोजना गरि २०७३ साललाई आफ्नो स्वर्ण महोत्सबको रुपमा मनाउन लागेको प्रचार प्रसार उप समितिका सदस्य मोहन न्यौपानेले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .