BREAKING NEWS

Friday, August 26, 2016

पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ को मृत्यु


पोखरा, १० भदौ/गौरबाट पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ जनाको मृत्यु भएको छ ।

पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ को मृत्यु


गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खस्दा २१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस प्रहरीले देखे पछि उद्धार सुरु गरेको थियो । बस दुर्घटनामा परेका १७ जनालाई प्रहरीले उद्दार गरेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .