BREAKING NEWS

Friday, August 5, 2016

नेपालका एटिएम बुथ अन्तराष्ट्रिय हृयाकरको निशानामा


काठमाडौं २१ साउन। बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोगकर्ता बढ्दै गएका छन् । तर नेपालका बैंकबाट सन्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था निकै कमजोर देखिएका छन् । जस्ले गर्दा अन्तराष्ट्रिय हृयाकरहरुले नक्कली एटिएम कार्ड प्रयोग गरी पैसा चोर्न नेपालका बैंकहरुलाई निशानामा पारेको तथ्य सार्बजनिक भएको छ ।

रोमानियाका नागरिक पक्राउ

हिमालयन बैंकको काठमाडौंमा रहेका विभिन्न ठाउँका एटिएम बुथहरुमा केहि दिनदेखि एक जना विदेशीको हर्कत प्रहरीलाई शंकास्पद लाग्यो । विषेश गरेर दरवारमार्ग क्षेत्रमा रहेका एटिएम बुथहरुमा ति विदेशी नागरिकले दर्जनौं एटिएम प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको देखिएपछि बैंकले सिआइबीलाई खबर गर्‍यो ।

सिआइबीका एसपी हृदय थापाको टोलिले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुमा निगरानी बढायो । निगरानीको क्रममा शंकास्पद रोमानियाका नागरिक प्रेडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गर्न सफल भयो ।

करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको छ । ब्युरोका एसपी हृदय थापाका अनुसार बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद भएको छ ।

काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय हृयाकर नेपालमा पल्किए

नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ पर्ने उर्लेन पहिलो विदेशी होइनन् । सिआइबीले यसअघि दुई जना विदेशीलाई पक्राउ गरिसकेको छ ।

२०७१ साल मंसिरमा एटिएम बुथबाट पैसा निकाल्न नेपाल आइपुगेका टर्कीका नागरिक मेहमुद गुलेनलाई सिआइबीले नै पक्राउ गरेको थियो । नेपालका एटिएमबुथबाट निकालिएको २६ लाखसहित पक्राउ परेका गुलेनले पनि अर्काको एटिएमका डाटा चोरेर पैसा निकाल्ने गरेको भेटिएको थियो । उनले दुबई, थाइल्याण्ड हुँदै नेपालसम्म आएर अरु नै देशमा भएका खातावालाको पैसा निकाल्ने गर्दथे ।

त्यस्तै बुलगेरियाका नागरिक पेट्रोस्लभा रिस्टोभ पनि एटिएमबाट पैसा निकालेको आरोपमा नेपालबाट पक्राउ परेका थिए । हिमालयन बैंककै एटिएमबाट पैसा निकालिरहेको अवस्थामा पक्राउ परेका रिस्टोभको साथबाट एक करोड २० लाख रुपैंयासमेत बरामद भएको थियो ।

यी तीनवटै घटनाले अन्तराष्ट्रिय हृयाकरहरुले नेपालका बैंकलाई निशानामा पार्न थालेको स्पष्ट भएको छ । विषेश गरी नेपालका बैंकहरुले चिप्सवाला एटिएम प्रयोग नगर्दा सुरक्षा कमजोरी देखिएको ब्युरोका एसपी हृदय थापा बताउँछन् ।

एसपी थापा भन्छन्, ‘नेपालका एटिएम बुथ नै कम्जोर सुरक्षामा छन् । त्यसमा पनि सीसी टिभी क्यामेरा टाउको मात्रै देखिने गरी राख्छन् । त्यसैले पनि हृयाकरहरुले नेपालाई रोज्न गरेका छन् ।’ यदि बैंकहरले समयमा आफ्ना एटिएम तथा अन्य सुरक्षा व्यवस्था बलियो नबनाउने हो भने बैंक नै हृयाक हुन सक्ने खतरा देख्छन् एसपी थापा । स्रोत : अनलाईनखबर 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .