BREAKING NEWS

Saturday, August 27, 2016

नौबिसे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड को दशौ साधारण शभा सम्पन्न


लेखनाथ, १२ भाद्र
नौबिसे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड को दशौ साधारण शभा सम्पन्न भएको छ साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष तिवारीले सहकारीका मुल सिद्धान्त अनुसार सहकारीहरुले आफ्नो एक विशेष उत्पादनलाई प्राथमिकतामा राखेर उत्पादन मुखी क्षेत्रमा लगानी बढाउनु पर्ने विचार राखे । ।कार्यक्रममा पशुसेवा कार्यालयका निमित्त प्रमुख ठगेन्द्र प्रसाद अर्यालले परमपरागत रुपमा पशु पालन गरिंदै आएकोले पशु बिकास हुन नसकेको वताएका थिए ।संस्थाका अध्यक्ष विशेश्वर ढकालको अध्यक्षता भएको सो सभामा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाई, सहकारीका संस्थापक अध्यक्ष प्रमोद कुमार पौडेल , शिशुवा कृषि सहकारी संस्थाका कृष्ण प्रसाद तिवारी , उपाध्यक्ष सर्जु अधिकारी ,संस्थापक सदस्य खिलराज भण्डारी ,महिला हरुको तर्फ वाट शान्ता पौडेल लगाएतका बक्ता हरुले सहकारीका बारेमा आ—आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा सहकारी संचालनमा बिभिन्न बिधामा उत्कृष्ट कामगरी सहकारीलाई सहयोग गरेका सहकारी सदस्यहरु लाई सम्मान गरिएको थियो भनेसहकारीका सदस्यहरुका छोरा छारीहरुलाई प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कृत गरिएको थियो । लेखा समितिका सदस्य ज्ञानेन्द्र चापागाईको स्वागत मन्तव्य रखेको कार्यक्रमा सचिव सञ्जय बाबु भट्टराईले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बुद्धि सागर पौडेले संस्थाको बार्षिक आय÷ब्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .